मूल खबर

काठमाडौं उपत्यकासहित २५ सहरी क्षेत्रका शिक्षण संस्था बन्द

७ बैशाख २०७८

न्युज अफ नेपाल काठमाडौं ।

कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका २५ सहरमा विद्यालय, कलेजलगायत शिक्षण संस्था यही वैशाखभरका लागि बन्द गरिएका हुन्।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमण दर बढ्दै गएको छ। दैनिक मृत्यु दर पनि बढ्न थालेको छ।कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको सिफारिसअनुसार सरकारले संक्रमणबाट विद्यार्थी बचाउन सहरी क्षेत्रका शिक्षण संस्थासँगै रात्रिकालीन व्यवसाय तथा फिल्म हललागयत भीडभाड स्थल वैशाख मसान्तसम्मका लागि बन्द गराएको हो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजदेखि काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर र भीमदत्तनगर क्षेत्रका शिक्षण संस्था बन्द गरिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button