खबरस्वास्थ्य

नेपालगन्जमा एक हप्ताका लागि लकडाउन गर्न सिफारिस

७ बैशाख २०७८

यमु कडेल, बाँके । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ‘डिसिसिएमसी’ बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्न सिफारिस गरेको छ।

कोरोना भाइरस फैलिएपछि नेपालगन्जमा बैशाख ९ गतेबाट एकहप्ताका लागि लकडाउन गर्न डिसिसिएमसीले सिफारिस गरेको हो।

मंगलबार भएको बैठकले बाँकेमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको लकडाउन गर्नुपर्ने सिफारिस प्रमुख जिल्ला अधिकारी समक्ष गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारीले त्यसबारे थप निर्णय लिनेछन्। सम्भवत बिहीबारदेखि बाँके वा नेपालगन्ज मात्रै भएपनि लकडाउनको तयारी अघि बढेको छ। अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड समेत अभाव हुन थालेपछि लकडाउन बाध्यकारी भएको हो।

एक/दुई दिनभित्रै बाँके वा नेपालगन्ज मात्रै भएपनि लकडाउनको निर्णय प्रमुख जिल्ला अधिकारीबाट हुने सम्भावना रहेको अधिकारीहरुले बताएका छन्। Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button