खबर

ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुरको निष्कर्ष

काठमाडौं, बैशाख ९, २०७८

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको उनी निकट नेताहरुको दाबी छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलगायतको समूह भने कुनै पनि अवस्थामा ओली नेतृत्वको सरकारलाई साथ दिन नहुने पूर्ववत् अडानमा कायम छन् । अध्यक्ष ठाकुरले मंगलबार प्रधानमन्त्री अ‍ोलीसँग करिब ३ घण्टा छलफल गरेका थिए । भेटमा जसपाका नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि सहभागी थिए । उनीहरु जसपा–सरकार संयुक्त कार्यदलका सदस्य पनि हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा जसपाले राखेका मागसम्बन्धमा बुँदागत छलफल भएको नेताहरुले बताएका छन् । जसपाका पाँच वटै माग पूरा गर्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको र केही माग पूरा गर्न प्रक्रियासमेत अघि बढाएको ठाकुर निकट नेता डा. सुरेन्द्र झाले बताए । सरकारले माग पूरा गर्न प्रक्रिया अघि बढाइरहेका बेला जसपा सरकार विरोधी गठबन्धनमा नलाग्ने सहमति भएको जानकारी उनले दिए । नागरिक दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button