खेलकुद

युभेन्टसको पूनरागमन जित, शीर्षस्थानको इन्टर राकियो

वैशाख ९, २०७८
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलान बराबरीमा रोकिदा युभेन्टसले सहज जित दर्ता गरेको छ ।
शीर्षस्थानमा रहेको इन्टर मिलान घरेलु टोली स्पेजियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको १२औं मिनेटमा डिएगो फरिएसको गोलबाट अग्रता लिदा इभान पेरिसिसले बराबरी गोल फर्काएका थिए । इभानले ३९औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

इन्टर पछिल्लो दुई खेलमा बराबरीमा रोकिएको हो । यसअघि इन्टरले नेपोलीसँग पनि १–१ गोलकै बराबरी खेलेको थियो । यो बराबरीसँगै शीर्षस्थानमा रहेको इन्टरको ३२ खेलबाट ७६ अंक पुगेको छ । स्पेजिया ३३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्टसले पार्मामाथि ३–१ को पूनरागमन जित दर्ता गरेको छ । घरेलु मैदानमा युभेन्टसको जितमा एलेक्स सान्द्रोले दुई तथा म्याथ्थिज डि लेग्टले एक गोल थपे । गास्टन ब्रगमानले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २५औं मिनेटमा गास्टनको गोलबाट पार्माले अग्रता लिएको थियो । एक गोलले पछि परेको युभेन्टसले ४३औं मिनेटमा एलेक्स सान्द्रोको गोलबाट बराबरी गोल फर्काएको थियो । उनले म्याथ्थिज डि लेग्टको पासमा गोल गरेका थिए । ४७औं मिनेटमा एलेक्स सान्द्रोले जुआन कोर्डाडोको पासमा गोल गर्दै युभेन्टसलाई २–१ ले अघि बढाए । ६८औं मिनेटमा जुआन कोर्डाडोको पासमा म्याथ्थिज डि लेग्टले गोल गर्दै युभेन्टसलाई ३–१ को पुनरागमन जित दिलाए ।

यो जितसँगै युभेन्टस ३२ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थाना उक्लिएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ६६ अंक छ । एक खेल कम खेलेको एटलान्टा ६४ अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित पार्मा २० अंक जोडेर १९औं स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button