खबरस्वास्थ्य

हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि, ४० जनाको मृत्यु

काठमाडौं ,बैशाख १२, २०७८
नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १० गते १८ वर्षमुनिका २२६ जना बालबालिका सङ्क्रमित भएका छन् । यस्तै वैशाख ९ मा १९६, वैशाख ८ मा २४९, वैशाख ७ गते १६७, वैशाख ६ मा ९१, वैशाख ५ मा १००, वैशाख ४ मा ८२, वैशाख ३ मा ७०, वैशाख २ मा ४५, वैशाख १ गते ६४ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सहप्रवक्ता डा. अधिकारीले १८ वर्षमुनिका ४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए। गोरखापत्र दैनिकमा  छ ।

पछिल्लो केही दिनयता बालबालिकामा कोरोना सङ्क्रमण दर उच्च रहेको छ । गत महिना चैत २८ मा ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका थिए । यस्तै चैत २७ मा २८८ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३४ जना बालबालिका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरसँगै धेरैजसो बालबालिका सङ्क्रमित हुन पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button