
वैशाख १३, २०७८
एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै लिलले लियोनमाथि पूनरागमन जित निकाल्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ।
लिलले लियोनमाथि ३–२ को पूनरागमन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लिग वानको शीर्षस्थानमा फर्किएको हो ।लिलको पूनरागमन जितमा बुराक यिल्माजले दुई तथा जोनाथन डााभिडले एक गोल गरे । घरेलु टोलीका इस्लाम स्लिमानीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
लियोनको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको २०औं मिनेटमा इस्लाम स्लिमानीको गोलबाट अग्रता लिएको थियो । उनले म्याक्सइनसेको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा जोश फोन्टेले आत्मघाती गोल गरेपछि लियोन २–० ले अघि बढेको थियो ।
पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बुराक यिल्माजले गोल गर्दै लिललाई खेलमा फर्काउने संकेत दिए । ६०औं मिनेटमा जोनाथन डाभिडले बुराक यिल्माजको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा बुराकले युसुफ याजिसीको पासमा गोल गर्दै लिललाई ३–२ को पूनरागमन जित दिलाए ।
जितसँगै लिल ३४ खेलबाट ७३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै पीएसजीको ७२ अंक छ । पराजित लियोन ६७ अंक जोडेर शीर्ष चारमा यथावत रहेको छ ।hamrokhelkud/from



