खबर

दुई वर्षमा ५७ वटा अर्ना थपिए

काठमाडौं,बैशाख १३, २०७८
पालको पूर्वी भेग कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना ) को संङ्ख्या वृद्धि भएको छ ।यही चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको सङ्ख्या आइतवार सार्वजनिक गरिएको छ । सन् २०२१ को गणनामा प्राकृतिक बासस्थानमा ४९८ वटा अर्ना रेकर्ड गरिएका छन् । सन् २०१८ को गणनामा ४४१ वटा अर्ना रेकर्ड गरिएको कुरा कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामले बताए । सन् २०१८ को गणनामा भन्दा करिब १३ प्रतिशतले अर्नाको संख्या वृद्धि भएको उनले बताए।

प्राप्त रेकर्ड अनुसार ४९८ मध्य २२१ वटा वयस्क भाले, १६२ वटा वयस्क पोथी, ४८ वटा अर्ध वयस्क, दुई/तीन वर्षको बच्चा ३५ वटा, एक देखि दुई वर्षको बच्चा ३२ वटा भेटिएका छन् । जङ्गली भैँसी (अर्ना ) विश्वमा निकै दुर्लभ मानिन्छ । यो वन्यजन्तु प्राकृतिक बासस्थानमा नेपाल, भारत, भूटान, कम्बोडिया र थाइल्याण्डमा मात्र पाइने गरेको छ । विश्वभरी अर्ना पाइने मुलुकको संख्या हेर्दा नेपालमा यसको संख्या दोस्रो ठूलो झुण्ड मानिन्छ । सबैभन्दा बढी भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा पाउने गरेको छ । गोरखापत्र दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button