मूल खबर

आज थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु

१४ बैशाख २०७८

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २६ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसनर १४ हजार ६७२ जनाको पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ जनाको एन्टिजेन परीक्षणमा १६० जना गरी कुल ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button