
सीपीआईएम नक्सलबारी एरिया कमिटीद्वारा नक्सलबारी स्टेशनपाड़ामा सेनिटाइज
अप्रील 27, 2021
नक्सलबारी : सीपीआईएम नक्सलबारी एरिया कमिटीको तर्फबाट आज नक्सलबारी स्टेशनपाड़ामा सेनिटाइज गरियो। कमिटीका गौतम घोषले बताएअनुसार नक्सलबारी क्षेत्रमा कोरोना संक्रमितहरूको संख्या दिन-प्रतिदिन बढ्दै गइरहेकोले गर्दा नै आज स्टेशनपाड़ा संसद अन्तर्गत खालबस्तीको सम्पूर्ण क्षेत्रमा सैनिटाइजेसन गरिएको हो। यसको साथै कोरोना भाइरसबाट बाँच्नको लागि के-कस्ता उपायहरू अप्नाउनुपर्छ भन्ने बारेमा पनि मानिसहरूलाई जागरूक गराइएको तिनले बताए। यस अवसरमा नक्सलबारी सीपीआईएमका गौतम घोष, सपना मण्डल, दीपक तिर्की, राजु सरकार लगायत अन्य मानिसहरू उपस्थित थिए।
कोरोनाको बढ्दो परिस्थितिलाई लिएर खरसाङ नगरपालिकामा महत्वपूर्ण बैठक

अप्रील 27, 2021
खरसाङ : खरसाङ नगरपालिकामा कोभिड संक्रमणको रोकथाम गर्ने विषयमा एउटा महत्वपूर्ण बैठक गरियो। खरसाङ नगरपालिका अध्यक्षको प्रेक्षाग्रहमा नगर-पार्षद एवम् हेल्थ अधिकारी, डाक्टर एवम् स्वास्थ्य विभागीय अधिकारीहरूको संयुक्त सभा सम्पन्न भयो। वर्तमान समयमा खरसाङ बजारमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै नगरवासीहरूको स्वास्थ्य र सुरक्षा व्यवस्थाको निम्ति नगरपालिका मार्फत् जनचेतनामूलक कार्य गरिरहे तापनि खरसाङ नगरवासीहरूमा आइपरेको संकटमा नगरपालिकाले कस्तो प्रकारले सहयोग गर्ने अनि कोरोना संक्रमणको चपेटमा परेर खरसाङमै मृत्यु भएको खण्डमा उक्त पार्थिव शरीरको अन्त्येष्टि कहाँ गराउने भन्ने विषयहरूमा चर्चा परिचर्चा गरियो। खरसाङ महकुमा अधिकारी, वन-विभागीय अधिकारी, भूमि-सुधार अधिकारी एवम् सम्बन्धित निकायहरूसित झट्टै सभा गरिने पनि सभामा निर्णय लिइयो। राज्य सरकारको निर्देश अनुसार कोरोना संक्रमितहरूलाई बोक्ने गाडी एवम् संक्रमणमा मर्नेहरूको मृतदेह बोक्ने गाडी पनि कम्पनीमा बुकिङ गरेको कागज पत्रहरू कलकत्ता पठाउने साथै आर्थिक अनुदानको निम्ति पत्राचार गर्ने आजको सभामा चर्चा गरियो। खरसाङ शहरलाई संक्रमणदेखि बचाउन सबै नागरिकहरूले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, बिना काम बजार अनि बजारको गल्लीतिर नघुमिरहने, घरेलु सौदापात लिन आउँदा पनि सामाजिक दूरी पालन गरिदिने साथै गाडीमा पनि सामाजिक दूरी राखेर बसिदिने अनि जतिसक्दो बाहिरबाट आएका मानिस तथा व्यवसायीहरूदेखि जोगिनेबारे नगरवासीहरूलाई जनचेतनामूलक सभा गरेर बुझाउने विषयमा पनि सभामा निर्णय लिइएको जानकारी प्राप्त भएको छ।
गोरूमारा र पानीझोडा जङ्गलमा आगलागी

अप्रील 27, 2021
नगरकट्टा: राष्ट्रिय राजमार्ग 31 अवस्थित गोरुमारा जङ्गल अनि पानीझोडा जङ्गलको दुई ठाउँमा आगो लागेपछि वन्य पशु प्राणीहरूको लागि खतरा उत्पन्न भएको छ। आज अपरान्ह नगरकट्टा ब्लकको गोरुमारा जङ्गल अनि पानीझोडा जङ्गलमा भयावह आगो लाग्यो। आगो के कारणले अनि कसले लगायो भन्नेबारे कुनै जानकारी पाइएको छैन्। पर्यावरण प्रेमीहरू अनुसार जङ्गलमा धेरै वन्य जीव-जन्तुहरू रहेकोले आगो लाग्नबाट जोगाउन अति आवश्यक छ किनभने वन्य जीव-जन्तु यसको चपेटमा पर्न सक्नेछ। वन विभागलाई यसबारे चाँडै उचित पदक्षेभ लिइदिने तिनीहरूले अनुरोध गरेका छन्।siliguritimes/from,india



