‘समाचार र विचारको
साझा चौतारी’






लेनिन र नयाँ प्रकारको सर्वहारावर्गीय पार्टी


२०७८ जेष्ठ १४
– हुकुमबहादुर सिंह

जब लेनिन निर्वासनबाट आए, उनका लागि अति जरूरी र जल्दोबल्दो कार्य क्रान्तिकारी सर्वहारा पार्टीको निर्माण गर्नु थियो । द रसियन सामाजिक प्रजातान्त्रिक लेबर पार्टी(आरएसडिएलपी)को सन् १८९८मा गरिएको कांग्रेसव्दारा औपचारिक रूपले स्थापना गरिएको थियो, जसमा केबल ९ जना प्रतिनिधिहरू थिए । तै पनि कांग्रेसले निर्वाचित गरेको केन्द्रीय समिति धेरै छिटो गिरफ्तार गरियो । यद्धपि पार्टीको झण्डा बनाउने काम भयो । यो कांग्रेसले घोषणा गरेको थियो कि यसले सबै समूहहरूलाई एकतावद्ध गर्ने छ तर वास्तवमा त्यसो गर्न असफल भयो र यसरी एउटा पार्टी संगठनात्मक संरचना निर्माण गर्न सकेन् । यसरी सन् १९००का लागि यो कार्य बाकी रहयो ।
जब लेनिन निर्वासनमा थिए, त्यसैवेलामा पार्टी निर्माणको लागि योजनालाई एउटा विस्तृत खाका बनाइएको थियो । यसका लागि लेनिनले यी सबै कामका निम्ति अखिल रसियन राजनीतिक समाचार पत्रको स्थापनाको आवश्यकता महसुस गरेका थिए । यसका लागि लेनिनले प्रस्ताव राखेका थिए कि राजनैतिक रूपले र संगठनात्मक रूपको एउटा मात्रै मार्ग, जसले छरिएर रहेका माक्र्सवादी अध्ययन सर्कलहरू, समूहहरू र संगठनहरूलाई एकतावद्ध गर्न एउटा राजनीतिक समाचारपत्रमार्फत सम्भव छ । यो समाचारपत्रले तत्कालै सबै अवसरवादी भड्कावहरूका विरूद्ध लड्दै र सही लाइनलाई प्रस्तुत गरेर रसियाभरका सबै विभिन्न सेलहरूलाई एक आपसमा राजनीतिक सम्वन्ध स्थापित गर्न सक्षम हुने छ।
त्यसैगरी एउटा अवैधानिक पत्रिकालाई गोप्य तरिकाले संचालन गर्दा त्यसको भूमिगत तरिकाले गरिने कठिन कार्यले दुईवटा महत्वपूर्ण पक्षहरुलाई मद्त पुग्ने छ पहिलो रसियन गुप्तचर पुलिसको दमन सामना गर्नमा व्यवहारिक कामबाट प्रशिक्षित बन्न र दोस्रो आफै एउटा भूमिगत संगठन निर्माण गर्न सक्षम हुने छ ।
लेनिनले पार्टी कंग्रेसको आव्हान गर्नुभन्दा अगाडि नै यो कार्यक्रमलाई पहिलो बनाउन चाहन्थे किनभने संशोधनवादी र अवसरवादी प्रवृतिहरू जसले आउने वर्षहरूमा भएका आन्दोलनहरूमा उनीहरूका टाउकाहरू उठाइसकेका थिए तिनलाई पराजित गर्नु लेनिनका लागि पहिलो आवश्यकता थियो ।
लेनिनले प्रथम रसियाका विभिन्न शहरहरूमा रहेका संघर्षका लिगहरूद्धारा र समाजवादी लोकतान्त्रिकहरूको कन्फरेन्स जसमा उनले यो योजनालाई बहसका लागि लैजाने व्यवस्था गरेका थिए, त्यसमा बहसगरेर स्विकृत गर्नु थियो । यो योजनामा उनका प्रमुख सहयोगीहरू सेन्ट पिटसवर्गको केन्द्रीय समूहका सदस्यहरू मार्तोभ र पोट्रेसोभ जसलाई गिरफ्तार गरेर साइवेरियामा सोही समयमा जुन समयमा लेनिन त्यहाँ थिए पठाइएको थियो । योजनाअनुसार पत्रिकालाई देशबाहिरबाट प्रकाशित गर्ने थियो, किनभने रसियाभित्रबाट यसलाई प्रकाशित गर्ने काम ज्यादै कठिन थियो । लेनिनले यो अभिप्रायका लागि प्लेखानोवको लेवर समूहको मुक्ति जो पहिले देखि नै देशबाहिर अस्तित्वमा थियो, सित एकतागर्ने योजना पनि थियो । सम्पादकीय बोर्ड सदस्यहरूमा ६जना सदस्यहरू थिए जसमा तीन जना बाहिरी लेवर समूहको मुक्तिबाट र तीन जना रसियाबाट जसमा लेनिन, मार्तोव र पोट्रेसोव थिए । सबै व्यवस्थापनहरू गरिसकेपछि पत्रिकाको पहिलो अंक डिसेम्वर १९००मा बाहिर आयो ।
यो पहिलो पत्रिकालाई इष्क्रा, जसको अर्थे झिल्को भनियो । यसको शिर्षक पेजमा १८२५को पहिलो रसियन पुँजीवादी क्रान्तिकारहिरूका शब्दहरू–झिल्कोले एउटा ज्वाला बाल्ने छ भन्नेलाई राखियो । इष्क्रालाई विभिन्न समयमा विभिन्न देशहरू–जर्मनी, इगलैण्ड र स्टिजरलैण्डमा छाप्ने काम भयो । यसलाई सिधै रसियामा कहिल्यै पठाइएन् बरू जवसम्म रसियाभित्र रहेको गोप्य इष्क्रा समितिमा तिनीहरू पुग्ने हुँदैनन्थे यसलाई एकदमै घुमाउरो बाटोहरू हुँदै पठाउने गरियो । वितरकहरूका लागि गुप्त पुलिसलाई छल्नु एउटा एकदमै कठिन काम थियो र यदि इष्क्राका गुप्तरूपले निकाशी पैठारी गर्नेहरू समातिए भने तिनीहरूलाई सिधै साइवेरियाको निर्वासनमा पठाइन्थ्यो । इष्क्रा मजदुर वगर्को प्रशिक्षण गर्नका लागि एउटा प्रमुख औजार थियो किनभने पत्रिकामा प्रकाशित लेखहरू पढेर विभिन्न अध्ययन सर्कलहरूमा लेकचर सहित कक्षा लिने गरिन्थ्यो । इष्क्रा एजेण्टहरूले गोप्य इष्क्रा लिफलेटसका रूपमा पनि वितरण गर्ने प्रत्येक अवसरहरूको उपयोग गर्ने गर्दथे । तिनीहरूलाई केबल कारखानाहरूमा मात्रै वितरण गरिएन बरू गल्लीहरू, नाचघरहरू, फौजी व्यारेकहरू र हुलाकहरूमार्फत पनि वितरण गरिए । ठूला शहरहरूमा तिनीहरूलाई गल्लीहरूमा छरिए अथवा बाल्कोनीबाट तल नाचघरहरूमा छरिए । स्थानीय स्तरमा तिनीहरूलाई राती अवेरा र विहानै कारखानाका चोकचोकहरू र पानी थाप्ने ठाउँहरूमा जहाँ तिनलाई मानिसले विहानै देख्न सक्दथे, राखियो । प्रत्येक यस्ता अपरेशनपछि जसलाई बिज छर्नेर्(े(कयधष्लन) भन्ने गरिन्थ्यो, एउटा निस्चित चिन्ह नजिकका पर्खालमा लगाउने गरिन्थ्यो ताकि रातीको कामको असर, प्रभावको पुरा प्रतिवेदन विहानमा पाउन सकिन्थ्यो । स–साना नगरहरू र गाउँहरूमा, इष्क्रा पर्चाहरूलाई बजारका दिनहरूमा किसानका हलोहरू र पर्खालहरूमा टाँसिएको हुन्थे । यो सबै खतरापूर्ण काम थियो किनभने पत्ता लाग्दा वित्तिकै गिरफ्तार र साइवेरियाका लागि निर्वाशनको सम्भावना थियो । यो काममा संलग्न कमरेडहरूले सुस्त–सुस्त लेनिनको सर्वहारा पार्टी निर्माणको योजना मुताविक त्यसको आधारमा प्रोफेशनल क्रान्तिकारीहरूको टिम निर्माण गर्न सुरू गरे ।
पार्टीको संरचना र वनावटलाई, लेनिनले विचार गरे कि यसका दुई भागहरू: एउटा नेतृत्वदायी पार्टि कार्यकर्ताहरूको नियमित क्याडरहरूको एउटा नजिकको सर्कल । खासत प्रोफेशनल क्रान्तिकारीहरू, त्यो भनेको, पार्टी काम देखि वाहेक अन्य सबै पेशाहरूबाट स्वतन्त्र र कम्तिमा पनि न्यूनतम सैद्धान्तिक ज्ञान भएका, राजनीतिक अनुभव भएका, संगठनात्मक व्यावहार भएका र जारशाही पुलिससित लडने र सामना गर्ने कला भएका पार्टी कार्यकर्ताहरू । दोस्रो स्थानीय पार्टी संगठनहरूको एउटा चौतर्फि सञ्जाल भएको र मजदुर जनताको सयौ–हजारौको समर्थन भएको । जब यस्तो पार्टी निर्माणको प्रक्रिया इष्क्राको मद्तमार्फत अगाडि बढिरहेको थियो, लेनिनले उनका लेखहरू र किताबहरूमार्फत यो प्रक्रियालाई दिशा निर्देसन गर्ने काम गरे । खासगरी महत्वपूर्ण दस्तावेज– कहाँबाट सुरू गर्ने ? के गर्ने ? र संगठनात्मक प्रश्नहरूमाथि कमरेडलाई चीठी आदि थिए । यी कामहरूमा उनले सर्वहाराको वैचारिक र संगठनात्मक आधार बसाल्ने काम गरे ।
संगठनात्मक प्रश्नहरू बाहेक लेनिले गरेको एउटा अर्को प्रमुख लडाई अर्थशास्त्रीहरू, जसले मजदुरहरूको आर्थिक संघर्षलाई मात्रै काम गर्ने सामाजिक प्रजातान्त्रिक पार्टीका रुपमा बन्देज गर्न चाहन्थे, तिनका विरूद्ध थियो । तिनीहरूको शक्ति रसियामा लेनिनको निर्वासनको दौरानमा बढेको थियो र लेनिनले महसुस गरेका थिए कि पार्टी कंग्रेस सुरूभन्दा पहिले अर्थवादलाई वैचारिक रूपले पराजित गरिनु पर्दछ । उनले तिनीहरूमाथि सिधै आक्रमण सुरू गरे खासगरी उनको के गरिनु पर्दछ ? भन्ने महत्वपूर्ण किताब मार्फत । लेनिनले पर्दाफास गरे कि कसरी अर्थशास्त्रीहरूका विचारहरूको अर्थ मजदुर वर्गका निरन्तरतालाई नमस्कार गर्ने गर्दछन् र पार्टीको नेतृत्वदायी भूमिका र सचेतताको भूमिकालाई इन्कार गर्ने गर्दछन् । उनले देखाए कि कसरी पुँजीवादलाई मजदुर वर्गको दासता तर्फ यसले लैजाने गर्दछ । जब माक्र्सवाद प्रशिक्षीत गरिरहदा, अर्थशास्त्रिहरूले सामाजिक सुधारको एउटा पार्टीभित्र क्रान्तिकारी पार्टीलाई बदल्न चाहन्थे । लेनिनले यसरी देखाए कि कसरी अर्थशास्त्रिहरू बर्नस्टिन शंसोधनवादका अवसरवादी प्रवृतिका रसियन प्रतिनिधि थिए । लेनिनको किताब, रसियामा व्यापक वितरण गरिएको थियो, अर्थवादलाई कडारूपले पराजित गर्न सफल भयो । यसले यसप्रकार सिद्धान्तहरूलाई स्थापित गर्‍यो जुन पछि गएर बोल्सेविक पार्टीको वैचारिक जग बन्यो ।
रसियन समाजवादी प्रजातान्त्रिक मजदुर दल(आरएसडिएलपी) भित्र बेल्सेविक प्रवृितको वास्तविक जन्म जुलाई–अगस्त १९०३मा भएको दोस्रो पार्टी कंग्रेसमा भयो । कग्रेसमा प्रमुख बहस पार्टीको प्रकृति कस्तो हुनु पर्दछ र यसरी पार्टीमा कसलाई सदस्यता दिइनु पर्दछ भन्ने सम्वन्धमा थियो । लेनिन जसले दिमागमा एउटा कसिलो,प्रभावकारी प्रोफेशनल क्रान्तिकारी आधारित पार्टीको प्रस्ताव राखेका थिए ताकि सबै सदस्यहरूले पार्टी संगठनहरूको कुनै एकमा काम गर्नु पर्दछ । मार्तोभले, अर्कोतीर, उसको मोडल खुकुलो काम गर्ने कानुनी पार्टीहरू, जुन त्यो समयमा दोस्रो अन्तराष्ट्रियमा सामान्य भएको थियो । उसले यसरी सदस्यका लागि खुकुलो क्राइटेरिया प्रस्ताव गर्‍यो, जसले कुनै पनि व्यक्ति पार्टी कार्यक्रम स्विकार गर्‍यो र आर्थिक रूपले सहयोग गर्‍यो भने पार्टी सदस्यका लागि योग्य हुन्थ्यो । उ यसरी कुनै पनि पार्टी शुभेच्छुकलाई पार्टी सदस्यता दिनलाई तयार थियो । यो प्वाइन्टमाथिको भोटमा बहुमत मार्तोभसित थिए । यद्धपि पछि जब केही अवसरवादी पक्षहरूले कंग्रेस बहिष्कार गदै कंग्रेसाट बाहिरीए बहुमत लेनिनको पक्षमा आयो । यो केन्द्रीय समितिको निर्वाचनहरूमा परावर्तित भयो र इष्क्राको सम्पादक मण्डलमा, जुन लेनिनको प्रस्ताव अनुसार गयो । दुई समूहहरू बीचको फरक यद्धपि बलियो रहयो र कंग्रेसपछि समेत निरन्तर रहयो । त्यससमय देखि लेनिनका अनुयायीहरू, जसले कंग्रेसमा निर्वाचनहरूमा भोटहरूको बहुमत प्राप्त गर्‍यो , बोल्सेविकहरू(जसको अर्थ रसियन भाषामा बहुमत हो) भन्न थालियो । लेनिनका विरोधीहरू, जसले भोटहरूको अल्पमत प्राप्त गरे, मेन्सेविकहरू( जसको अर्थ रसियन भाषामा अल्पमत हो) भए ।
कंग्रेसपछि लगत्तै मेन्सेविकहरूले तोडमरोडहरू र विभाजनका कृयाकलापहरू सुरू गरे । यसले प्रसस्त भ्रमहरू सृजना गर्‍यो । भ्रमहरूलाई स्पष्ट पार्नका लागि, लेनिनले, मे १९०४मा उनको प्रशिद्ध किताब, एक पाइला अगाडि, दुई पाइला पछाडि प्रकाशित गरे । यसले दुवै कंग्रेसको दौरान र कंग्रेसपछि अन्तर–पार्टी संघर्षको एउटा विस्तृत विश्लेषण दियो र त्यो आधारमा सर्वहारा पार्टीको प्रमुख संगठनात्मक सिद्धान्तहरू, जुन पछि बोल्सेविक पार्टीको संगठनात्मक जगहरू बन्यो । यो किताबको सर्कुलेसनले पार्टीको स्थानीय संगठनहरूको बहुमत बोल्सेविकहरूको पक्षमा ल्यायो । यद्धपि केन्द्रीय संस्थाहरू, पार्टीको मुखपत्र र केन्द्रीय समिति मेन्सेविकहरूको हातमा गयो जो कंग्रेसका निर्णयहरूलाई हराउन ह्दयदेखिनै प्रतिवद्ध थिए । बोल्सेविकहरूलाई यसरी उनीहरूको आफ्नै समिति गठन गर्न र उनीहरूको आफ्नै मुखपत्रका लागि वाध्य पारियो । दुवै समूहहरूले उनीहरूका आफ्ना कंग्रेस र कन्फरेन्स आयोजनाका लागि वेग्ला वग्लै तैयारीहरू गर्न सुरू गरे । यी १९०५मा आयोजना गरिए । पार्टीमा विभाजन पुरा भयो । जगहरू यद्धपि सांचो क्रान्तिकारी पार्टी–एउटा नयाँ प्रकारको सर्वहारा पार्टीको निर्माणका लागि बसाली सकिएको थियो ।
यसरी लेनिन र नयाँ प्रकारको सर्वहारावर्गीय पार्टीको जग बसाउन लेनिनको महत्वपूर्ण योगदान भनिन्छ र अन्तरराष्ट्रिय कम्युनिस्ट आन्लोलनमा अहिले पनि लेनिनवादी संगठनात्मक पद्धति वा सिद्धान्त नामले प्रशिद्ध छ ।moolbato.com/from

प्रतिकृया दिनुहोस्