‘समाचार र विचारको
साझा चौतारी’






म पागल भएको मान्छे


कविता

म दोबाटोमा उभीएर हेरिरहें
अवाक बनेर चुपचाप हेरिरहें ।
पश्चिमतिर पर्केर मुसुक्क हासें
एउटा पागलले
मेरो मुस्कानको प्रतिकार गर्दै
कराइरहेथ्यो ।

म झन जोरसंग हाँसे
उसको आक्रोशित चेहरा
घाइते सिंहझै आक्रमकशैलीमा हेरिरह्यो ।
तर ,
मेरो हसाईहरु रोकिएन
एकहोरो हाँसिरहें ।

तर,
त्यही पागल नै परिवर्तन भयो ।
मुस्कानमा परिवर्तन भयो ।
अनि मुसुक्क हाँस्दै
यो त पागल पो रहेछ
मेरै साथी
मलाई त पागलले पागल बनायो ।

धेरैदिन पश्चातको बिछोड झै
बिदाईका हातहरु हल्लाउदै
ऊ, त्यहाबाट एउटा सज्जन मान्छे बनेर
आफ्नै रफ्तारमा बाटो लाग्छ ।

तर, म भने
दर्शन भुलेको मान्छे
गन्तब्य बिर्सेको मान्छे
दोबाटोमा उभिएर
म पागल भएको मान्छे ।

प्रतिकृया दिनुहोस्