मूल खबर

आममाफी दिने ओलीको घोषणा

७ साउन २०७८
चौतारी पोष्ट अनलाइन

ललितपुर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका एमालेका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन्।

नेपालक कम्युनिष्ष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड। जे सुकै भएको होस् एम्नेष्टि। आउनुस् मिलेर काम गरौं।’

सबै मिलेर आन्दोलनलाई एकीकृत बनाउन सकिने भएकाले एकता गर्नुपर्ने ओलीले बताए। अध्यक्ष ओलीले एमाले पार्टी कर्कलाको पातमाथि रहेको पानीजस्तो हावाले हल्लाएर खस्ने अवस्थामा नरहेको पनि बताउ।

े विपक्षी गठबन्धनसँग मिलेको आरोप लगाउँदै एमालेले नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button