मूल खबरस्वास्थ्य

देशभर थप २९७७ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ थप १८ जनाको मृत्यु

८ साउन २०७८

ललितपुर ।पछिल्लो २४ घण्टामा देशभर थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै थप १८ जनाको मृत्‍यु भएको छ भने १६७८ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button