‘समाचार र विचारको
साझा चौतारी’






श्रीमानको बचाउ गर्दै शिल्पाले भनिन्, ‘राजले पोर्न फिल्म बनाउँदैन थिए’


एजेन्सी, मुम्बई, 2021/07/24

पोर्न फिल्म निर्माण गरेर विदेशका एप्सहरुमा बेचेको आरोपमा अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा विजनेशम्यान राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले उनलाई २७ जुलाईसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। शुक्रवार क्राइम ब्रान्चको टिम राजलाई लिएर उनको घर गएको थियो, जहाँ शिल्पा र राजलाई आमने-सामने राखेर सोधपुछ गरिएको थियो ।

मुम्बई पुलिसका अनुसार, सोधपुछको क्रममा शिल्पाले श्रीमानको बचाउ गरेकी छन् । उनले पोर्नोग्राफी केसमा आफ्नो संलग्नता नरहेको र राजले पनि पोर्न फिल्म बनाउने नगरेको बयानमा भनेकी छन् । राजले पोर्न फिल्म नभइ एरोटिक फिल्म बनाउने गरेको शिल्पाको बयान उद्धत गर्दै प्रहरीले भनेको छ । साथै उनले हटशट मूभी मेकिङमा आफ्नो कुनै रोल नभएको बताएकी छन् ।

उनले क्राइम ब्रान्चसँग भनेकी छन्, ‘मलाई हटशट मूभीको कन्टेन्टको बारेमा पनि जानकारी थिएन । र, यो एप्ससँग मेरो कुनै लेनादेना छैन ।’ पोर्न फिल्म बनाएको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेपछि शिल्पाले इन्स्टाग्राममा एक पोस्ट लेख्दै आफूले चुनौतीको सामना गर्ने उल्लेख गरेकी छन् । यो मुश्किल घडीमा उनलाई बहिनी शमिता शेट्टीले साथ र हिम्मत दिएकी छन् ।

पोर्न फिल्म बनाएको र बेचेको अरोपमा प्रहरीले राजलाई पक्राउ गरेपछि उनीमाथि कयौं अभिनेत्रीहरुले गम्भीर आरोप लगाएका छन् । बलिउड अभिनेत्री तथा मोडल पूनम पान्डेले राज कुन्द्राले आफ्नो शोषण गरेको र आफ्नो प्राइभेट नम्बर लिक गरिदिएको खुलासा गरेकी छन् । आफ्नो नम्बर सार्वजनिक भएपछि यौन प्रस्ताव सहितका थुप्रै फोन आउन थालेको उनको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्