साउन १०, २०७८
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाबाट डेब्यु गरेको खेलमै डच फरवार्ड मेम्फिस डिपाएले प्रिसिजनको मैत्रीपुर्ण खेलमा गोल गर्न सफल भएका छन् ।
शनिबार राति भएको मैत्रीपुर्ण खेलमा जिरोनाविरुद्ध ३–१ को जित निकालेको खेलमा डिपाएले डेब्युमै एक गोल गर्न सफल भएका हुन् । स्टेडियो योहान क्रुएफ सान्ट जोन डेस्पीमा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा जेरार्ड पिके, रे मानाज र डिपाएले गोल गरेका थिए । जिरोनाका सामु सेइजले एक गोल फर्काए ।
खेलको २१औ मिनेटमा जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अघि बढाए । २४औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा सामु सेइजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थमा ल्याए ।
८५औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई ३–१ को सहज जित दिलाए । उनी पहिलो हाफको अन्त्यतिर रे मानाजको स्थानमा मैदान छिरेका थिए । डिपाए यसै समरमा फ्रि ट्रान्सफरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका थिए ।hamrokhelkud/from



