खेलकुद

रियल म्याड्रिडको हार

साउन ११, २०७८

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले हार बेहोरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको रियलले स्कटिस क्लब रेन्जर्ससँग २–१ को हार बेहोरेको हो ।

आइब्रक्स स्टेडियम ग्लास्गोमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा फासिअन साकाला र सेडरिक इटेनले गोल गरे । रियलका रोड्रिगोको गोल सान्त्वना बन्यो । खेलको आठौं मिनेटमा नै रोड्रिगोको गोलबाट रियलले पहिलो हाफमा १–० को अग्रता कायरम गरेको थियो । तर, रियलले आफ्नो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।

५५औं मिनेटमा पासिअन साकालाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा नाचो फर्नान्डेस दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटियो । त्यसको एक मिनेटपछि नै सेडरिक इटेनले गोल गर्दै रेन्जर्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा रियले हार बेहोर्न पुग्यो ।

मुख्य खेलाडीहरु छुट्टीमै रहेका कारण रियलले स्टेभेन जेरार्डको रेन्जर्सविरुद्ध अधिकांश युवा खेलाडीलाई मौका दिएको थियो । रेन्जर्सविरुद्ध पहिलो रोजाईमा मार्सेलो, नाचो फर्नान्डेस, अल्भारो ओर्डिओजोला, इस्को, मार्टिन ओडेगार्ड, लुकास भास्क्वेज, रोड्रिगो, लुका जोभिक, एन्टेनियो ब्लान्को, भिक्टर चुस्ट र एन्ड्री लुनिनले खेलेका थिए ।

दोस्रो हाफमा सर्जियो एरिवास, मार्भिन पार्क, मिगुइल गुइटेरेज, मारियो जिला, इभान मोरान्टे र कार्लाेस डोटोरले मौका पाएका थिए । अब रियलले अर्काे मैत्रीपुर्ण खेल इटालियन क्लब एसी मिलानसँग ८ अगस्टमा खेल्दैछ । त्यसपछि रियलले १५ अगस्टमा एलाभेससँग खेल्दै नयाँ सिजनको स्पेनिस ला लिगाको सुरुवात गर्नेछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button