विचार

के लकडाउन मात्रै कोरोना नियन्त्रणको विकल्प हो ?

डिल्लीराम घिमिरे
स्थानीय सरकार मेची नगर नगरपालिका ले भोलिदेखी
लकडाउन गर्ने निर्णय गरेको सुनिदैछ लकडाउन मात्रै
कोरोना नियन्त्रण को विकल्प हो?
कोरोना यही उत्पत्ति भएको होकि अन्यत्रबाटसर्ने सरुवा
भाइरस हो?
कोरोना यहीँ उत्पत्ति भएको भाइरस होइन यो सरुवा रोग हो
त्यसकारण अन्यत्रबाट हुनेआवतजावत लाइ पुर्णरुपमा रोक्नु
पर्दछ पुर्णरुपले मेची नगर लकडाउन गर्न सक्छ न पा ले?
मेची भन्सार कार्यालयबाट दैनिक सयौंको संख्यामा ट्रक र
कन्टेनर हरु भित्रीने गरेकाछन ,दैनिक उपभोग्य खाद्यान्न मात्रै
भित्रीने गरेकोछ?
छैन मेची भन्सारबाट भित्रीने अखाद्य मालसामान आयात
हुने गरेकोछ लकडाउनका बेला उध्योग कलकारखाना बन्द छन
कोइला किन आयात गर्न पार्‍यो?
अनी दैनिक बिसौ कन्टेनर सुपारीआयत गरिन्छ के सुपारी
दैनिक उपभोग्य चिज हो न पा को बुझाइमा?
हो यसरी भित्रीने सवारी साधन का चालक सहचालक हरुबाट
भित्रीन्छ र फैलिन्छ कोरोना
अनी नेपाल भित्रीएको सुपारी चोरीबाटोबाट भारत निकासी
हुन्छ ।सयौंको संख्यामा मानिसहरुको आवतजावत हुन्छ
पैसा लेनदेन हुन्छ हो त्याहाबाट भित्रीन्छ र फैलिन्छ कोरोना
यो सबै रोक्न सक्छ स्थानीय सरकार मेची नगरले?
हैनभने बिगत देखी ऐले सम्म भित्रीएको सुपारी कहाँछ त?
हो कोरोना नियन्त्रण को भरपर्दोउपाय लकडाउन हो ।तर,
सम्पुर्ण आवतजावत रोक्नेगरीको तयारीमा छ नगरपालिका?
हैन भने स्थानीय सरकार न पा जनता प्रति उत्तरदायी हुनु पर्यो
कुनकुन क्षेत्रमा कोरोनाको प्रकोप फैलिएको छ हेर्न पार्‍यो र
त्यही त्यही क्षेत्रमा मात्रै सिलगर्नु पार्‍यो समग्र बजार बन्द गर्ने
भन्सार बाट अखाद्य मालसामान ल्याउन पाउने मानिसहरू
आवतजावत गर्नपाउने अनी होटल र बजारका ब्याबसायीलाइ
मात्रै लकडाउन गर्ने कार्य किमार्थ उचित हुन सक्दैन।
स्थानीय सरकार न पा ले जनता प्रति उत्तरदायी हुने हो भने
निम्न कुराको तत्काल पहलकदमी लिनु पर्दछ
१, भौतिक बिकासका काम थाती राखेर गरिब निमुखा
जनतालाई राहत बितरण तत्काल सुरु गर्नु पर्दछ
२, बैंक तथा बित्तीय संस्थाहरुलाइ ब्याज मिनाहा र किस्ता
बुझाउने समय थप गर्न पहलकदमी लिनु पर्दछ
३, न पा आफुले भाडामा लगाएका ब्याबसायीहरुलाइ निश्चित
अवधी को भाडा छुट्दिदै अन्य घरधनीहरुलाइ निश्चित अवधी
को घरभाडा मिनाहा को लागी पहलकदमी लिनु पर्दछ
४, स्थानीय सरकार न पा ले नगरबासी जनतालाई प्रयाप्त पुग्ने
भ्याक्सिन उपलब्ध गराउने तर्फ प्रभावकारी पहलकदमी लिनु
पर्दछ।
कोरोना नियन्त्रण को एकमात्र उपाय सबैजनतालाइ भ्याक्सिन
लगाउनु नै हो।
नत्र हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु पर्ला हेक्का रहोस।
घिमिरेको फेसबुकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button