मूल खबर

बैंकका कर्मचारीलाई कोरोना भएपछि बिर्तामोडको ग्लोबल आइएमई बैंक बन्द

१२ साउन २०७८

बिर्तामोड । बैंकका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि झापा बिर्तामोड स्थित ग्लोबल आइएमई बैंकको बिर्तामोड शाखा बन्द भएको छ ।

बैंकले सूचना जारी गरी असहज परिस्थितिका कारण सेवा बन्द गर्नु परेको जनाएको छ । उक्त बैंकमा कर्मचारी , सुरक्षा गार्ड र ड्राइभर गरी २३ जना स्टाफ छन् । त्यसमध्ये १८ जनालाई कोरोना संक्रमण देखिएको बैंकका प्रबन्धक पवनकुमार पौडेलले जानकारी दिए । उनले विगत चार दिनदेखि सेवा प्रवाह गर्न नसकिरहेको बताए । ग्लोबल आइएमई बैंकका धेरै कर्मचारीलाई संक्रमण देखिएको छ । चारआली , धरान , विराटनगर शाखाका कर्मचारीलाई पनि संक्रमण देखिएको छ । बैंक बन्द भएपछि समस्यामा परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । अहिलेको असहज परिस्थतिलाई बुझिदिन आग्रह गर्दै पौडेलले एक– दुई दिनभित्रै सेवा सुचारु गरिने पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button