खेलकुद

युभेन्ट्सको टोली नै आइसोलेसनमा

साउन १५, २०७८

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले वर्षेनी आयोजना गर्ने जोन ग्याम्पर ट्रफी खेल्ने तयारीमा रहेको इटालियन क्लब युभेन्ट्सको सिनियर टोली नै आइसोलेसनमा रहेका छन् ।

सिनियर टोलीका मिडफिल्डर हाम्जा राफियालाई कोरोना संक्रमण पुष्टि भएसँगै टोली नै सेल्फ आइसोलेसनमा बस्नुपरेको हो । युभेन्टसले ८ अगस्टमा बार्सिलोनासँग जोन ग्याम्पर ट्रफी खेल्ने तालिका छ । टोली नै आइसोलेसनमा रहनुपरेपछि बार्सिलोना र युभेन्ट्सबीच खेल हुने नहुने अन्योल बढेको छ ।

युभेन्ट्सको सिनियर टोलीले कोन्टिनासामा निरन्तर प्रशिक्षण जारी राख्दा कसैसँग सम्पर्कमा नरहेपनि कोरोना परिक्षण गराउँदा हाम्जालाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । ट्युनिसियाका हाम्जा राफिया अब कम्तीमा पनि १० दिन सेल्फ आइसोलेसनमा रहनेछन् । उनी गत साता मात्रै युभेन्ट्सको प्रशिक्षणमा जोडिएका थिए । त्यसक्रममा उनले टोलीका अधिकांश खेलाडीलाई भेटेका थिए ।

अन्य खेलाडीहरुको पनि कोरोना परिक्षण गरिनेछ । कोरोना नेगेटिभ आएको खण्डमा टोली प्रशिक्षणमा जोडिने क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर क्लबले अन्य खेलाडीमा कोरोना भएको पुष्टि गरेको छैन ।

अन्य खेलाडीलाई कोरोना पुष्टि नभए युभेन्ट्सले बार्सिलोनासँग खेल्नेछ । हाम्जाले भने बार्सिलोना भ्रमण गुमाउनेछ । युभेन्ट्समा मासिमिलियानो एलेग्री प्रशिक्षक बनेर आएपछि २२ वर्षीय हाम्जालाई सिनियर टोलीमा डाकिएको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button