खबर

ओलीको यो बोलीले टरेको थियो सहमति

काठमाडौं,साउन १५, २०७८
पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए।

कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि नेपालले विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘साथीहरूकै आग्रहमा मैले सम्बोधन पनि नरम गरें। ओलीले पनि राम्रो कुरा गरेको सन्देश आएको छ। स्पष्टीकरण पठाउनुपर्दैन भन्ने खबर आएको छ रे। तर स्पष्टीकरणचाहिँ तयार पार्नू, दिनुपर्ने पनि हुन सक्छ’, उनले भनेका थिए।नागरिक दैनिकमा छ ।

त्यही दिन एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्नुअघि नेपालसहितका नेताहरूलाई लक्षित गरेर आममाफीको घोषणा गरे। त्यसपछि नेपालको मनस्थिति फेरियो। ‘ओलीले एमनेस्टी इज ग्रान्टेड भनेपछि पनि नेता नेपालले खासै वास्ता नगरी विवाद मिलाउने विषयमै छलफल गरिरहनुभएको थियो तर साँझ भिडियो हेर्दा ओलीले अपराधीलाई माफी दिने तहबाट सम्बोधन गरेको भेटेपछि उहाँको मुड परिवर्तन भयो, अब ओलीलाई विश्वास गर्ने आधार सकियो भन्न थाल्नुभयो’, नेपाल निकट एक नेताले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button