खेलकुद

बेन ह्वाइट आर्सनलमा

साउन १६, २०७८

एजेन्सी – इंग्लिस डिफेन्डर बेन ह्वाइट लन्डन क्लब आर्सनलमा अनुबन्धित भएका छन् । आर्सनलले २३ वर्षीय बेन ह्वाइटलाई ५० मिलियन पाउन्डमा प्रिमियर लिग क्लब ब्राइटन होभ अल्वियोनबाट अनुबन्ध गरेको हो ।

सम्झौता ३ वर्षको लागि भएको हो । सम्झौता अनुसार बेन ह्वाइट सन् २०२४ सम्म इमिरेट्स स्टेडियममा रहनेछन् । आर्सनलले गत महिना नै बेन ह्वाइटसँग सम्झौता गरिसकेको थियो । छुट्टी मनाएर फर्किएपछि आर्सननले उनलाई शुक्रबार सार्वजनिक गरेको हो ।

बेन ह्वाइटलाई इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युरोपेली च्याम्पियनसिपको लागि टोलीमा समेटेको थियो । ‘बेन हाम्रो लक्ष्य थियो । हामीले उनीसँगको हस्ताक्षर पुरा गरेका छौं । उनी युवा प्रतिभान खेलाडी हुन् । दीर्घकालीन लक्ष्य छ ।’ प्रशिक्षक मिकले अर्टेटाले भने ।

उनको ट्रान्सफर गज्जवकै छ । साउथह्याम्टनमा युथ करियर निखारेका बेन सन् २०१६ मा ब्राइटनमा पुगेका थिए । ब्राइटनमा एक सिजन बिताएपछि उनी च्याम्पियनसिप क्लब न्युपोर्ट काउन्टी, पिटर्सवर्ग र लिड्स युनाइटेडबाट खेलेका थिए । लिड्सलाई शीर्ष डिभिजनमा बढुवा गर्न उनको भुमिका महत्वपुर्ण रहेको थियो । त्यसपछि उनले गत सिजन ब्राइटन बाटै खेलेका थिए ।

ब्राइटनमा गज्जवको प्रदर्शन गरेपछि उनलाई अनुबन्ध थुप्रै क्लबले चासो देखाउँदा उनी इंग्ल्यान्डको राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए । ह्वाइटले युरोकपमा खेल्ने अवसर नपाएपनि युरो अघिको मैत्रीपुर्ण खेलमा अष्ट्रिया रोमानियाविरुद्ध खेल्ने अवसर पाएका थिए ।

ह्वाइट आर्सनलले यो सिजन अनुबन्ध गरेको तेस्रो खेलाडी हो । आर्सनलले यसअघि मिडफिल्डर अल्वर्ट साम्वी लोकोङ्गा र लेफ्टब्याक नुनो टाभारेसलाई अनुबन्ध गरेको छ । ह्वाइटले आर्सनलमा ४ नम्वर जर्सी लगाउनेछन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button