मूल खबरस्वास्थ्य

२४ घन्टामा थपिए ३,१०६ संक्रमित, २३ जनाको मृत्यु

१६ साउन २०७८
चौतारी पोष्ट अनलाइन

ललितपुर । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार १ सय ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभर ९ हजार २ सय ६३ आरटी पिसिआर र ४ हजार २ सय ५६ एन्टिजेन गरी कुल १३ हजार ५ सय १९ जनामा परीक्षण गरिएकोमा ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ६ जना र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् ।

शनिबार देशभरबाट १ हजार ९ सय १९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो संख्यासँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ । निको हुने दर ९४।१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसंख्या सँगै अहिले सम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button