खबर

बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्

काठमाडौं, साउन १७, २०७८
बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् ।

झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ । अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button