८ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर ।
राष्ट्रवादी समाज नेपाल, राष्ट्रिय शक्ति नेपाल, हिन्दु जागरण नेपालको संयुक्त आयोजनामा मेचीनगर ५ मा जातीय छुवाछुतका विषयमा एक कार्यक्रम सम्पन्न भएको छ ।मेचीनगर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्र थापामगरको सभापतित्वमा, स्थानिय जनप्रतिनिधि दुर्गा आचार्य देवकोटा, समाजसेवी तथा स्वास्थ्यकर्मी हरि देवकोटा, स्थानिय वडा सदस्य लगायत स्थानियको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकोराष्ट्रवादी समाज नेपालका सुरक्षा बिभाग प्रमुख रन्जन देवकोटाले बताए ।सो कार्यक्रममा जातीय छुवाछुत भेदभाव साथै वैदिक परम्पराको बारेमाछलफल भएको उनले बताए ।
उक्त कार्यक्रममा हिन्दु जागरण नेपाल झापा अध्यक्ष खगेन्द्र निरौला, सदस्य खगेन्द्र निरौल(ख) राष्ट्रवादी समाज नेपालका अध्यक्ष टेकनाथ खनाल, धार्मिक ब्यक्तित्व रामजी कौशिक ढुङ्गाना लगायतले जातीयछुवाछुत तथा त्यसले परेका असर र समाधानका उपायहरु बारे मन्तब्य राखेका थिए । सो कार्यक्रमको संचालन राष्ट्रिय शक्ति नेपालका झापा जिल्ला संगठन बिस्तार बिभाग प्रमुख साथै राष्ट्रवादी समाज नेपालका सुरक्षा बिभाग प्रमुख रन्जन देवकोटाले गरेका थिए ।



