खबर

बल्ल भयो सहमति, अध्यक्षमा पोखरेल र उपाध्यक्षमा राजबंशी चयन

चौतारी पोष्ट अनलाइन
१५ कार्तिक २०७८
धुलाबारी । नेकपा एमाले मेचीनगरको अध्यक्षमा राजु पोखरेल र उपाध्यक्षमा दिनेश राजबंशी चयनभएकाछन । अध्यक्ष र उपाध्यक्ष चयनको निर्णय भइसकेको तर अन्य पदहरुमा भने सर्बसम्मत चयनको प्रयास जारी रहेको एमाले मेचीनगर पदाधिकारी चयन कार्यदलका संयोजक हरिचरण बानियाँले चौतारी पोष्ट अनलाइनलाई बताए ।

पार्टी नेतृत्व र उम्मेद्वारहरुबीच भएको निरन्तरको छलफलबाट एमाले मेचीनगरको सर्व सम्मत नगर कमिटि चयन गर्ने र मंगलबार पार्टी कार्यालय काकरभिट्टामा नगरकमिटिको नाम सार्वजनिक तथा सपथ ग्रहण समेत सम्पन्न हुने कार्यदल संयोजक बानियाँले बताए।

पार्टीले आधिकारिक जानकारी नगराए पनि नगर कमिटिका अन्य पदहरुमा समेत पार्टी नेतृत्वहरुबीच सहमति भइसकेको एमाले नगरस्रोतले जनाएको छ । स्रोतका अनुसार सचिबमा मेचीनगर ९ का कञ्चन तामाङ, उपसचिबमा मेचीनगर १२ का जग्गनाथ भट्टराई र मेचीनगर २ का डेनु मगरलाई चयन गर्ने नेतृत्वबीच सहमति भएको छ । एमाले मेचीनगरमा ५ पदाधिकारी र ७० जना सदस्य गरी ७५ जनाको नगर कमिटि गठन हुने ब्यवस्था छ ।नेकपा एमाले मेचीनगर कमिटिको अधिवेशन मंगलबार सम्पन्न भएको थियो । नगर कमिटिको पधाधिकारीमा धेरै आकांक्षी भएका कारण पदाधिकारी चयन झण्डै एक साता पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button