
कात्तिक २४, २०७८
एजेन्सी – अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले कप्तान लियोनल मेस्सीलाई विश्वकप छनोटका लागि टोलीमा समेटेका छन् । प्रशिक्षक स्कोलानीले मेस्सीलाई चोटबाट मुक्त नहुँदै उनकै कप्तानीमा उरुग्वे र ब्राजिलविरुद्धको खेलका लागि टोलीको घोषणा गरेका हुन् ।
मेस्सी राष्ट्रिय टोलीबाट खेल्न स्वदेश पुगिसकेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना फरवार्ड मेस्सी घाइते भएको भन्दै उनलाई पछिल्लो दुई खेल खेलाएको थिएन ।
लिग वानअन्तर्गत बोर्डेोमाथि ३–२ को जित निकालेको खेल च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब आरबी लेइपजिगसँग २–२ गोलको बराबरीमा रोकिएको खेलमा मेस्सी टोली बाहिर रहेका थिए ।
पीएसजीले देब्रे घुँडामा समस्या देखिएका कारण मेस्सीलाई विश्राम दिएको र आगामी केही खेलमा पनि उनलाई आराम दिइने योजना थियो । तर अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले टोलीमा बोलाएका कारण उनी उपचारका लागि म्याड्रिड आएको समयमा स्वदेश पुगेका हुन् ।
मेस्सीलाई विश्वकप छनोटका खेल खेल्ने टोलीमा समावेश गर्ने अर्जेन्टिनाको निर्णयको पीएसजीका खेल निर्देशक लियोनार्दोले असन्तुष्टि व्यक्त गरेका थिए ।
‘हामी खेलाडीलाई यहाँबाट पठाउन सहमत छैनौं । जो हाम्रा लागि खेल्न फिट थिएनन् र निको हुने प्रक्रिया थिए । उनले कसरी राष्ट्रिय टोलीबाट खेल्न सक्छन् ?’ खेल निर्देशक लियोनार्दोले भने ।
अर्जेन्टिनाले विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ उरुग्वे र ब्राजिलसँग खेल्ने तालिका छ । उसले नोभेम्बर १३ मा उरुग्वे र नोभेम्बर १७ मा ब्राजिलसँग खेल्ने छ । अर्जेन्टिना शीर्षस्थानको ब्राजिलसँग ६ अंकले पछि छ । उरुग्वे तेस्रो स्थानमा छ ।hamrokhelkud/from



