
२४ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । नेकपा(एकीकृत समाजवादी) मेचीनगरले राष्ट्रिय जनगणनामा पार्टीको तर्फबाट सहयोग गर्ने भएको छ । एस समाजवादी मेचीनगर कमिटीले आज एक विज्ञप्ति जारी गर्दै जनगणनामा संकलकहरुलाई सहयोग गर्न पार्टी कार्यकर्ताहरुमा अनुरोध गरेको छ। नेकपा(एकीकृत समाजवादी) मेचीनगर कमिटीका अध्यक्ष अर्जुन पौडेल र सचिव हरि तिम्सिनाद्धारा जारी विज्ञप्तिमा कार्तिक २५ गतेबाट देश भर एकै पटक आरम्भ हुन लागेको जनगणनामा खटिएका कर्मचारीहरुलाई सहयोग गर्न सो पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई अपिल गरिएको छ ।



