मूल खबर

प्रधानसेनापती शर्मा ‍र भारतीय विदेशमन्त्री सिंहबीच भेटवार्ता

२५ कार्तिक २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

प्रधासनसेनापति शर्माले बिहीबार जयशंकरलाई भटेका हुन् । विदेश मन्त्री जयशंकरले आफ्नो ट्विटरमार्फत् जानकारी दिएका हुन्।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुसी लागेको छ। उहाँको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई रेखांकित गर्छ,उनले ट्विटरमा लेखेका छन्।त्यस्तै बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button