मूल खबर

बाबुराम र विप्लवजीहरुसँग अंकमाल गर्ने दिनको प्रतीक्षामा छु : प्रचण्ड

२६ कार्तिक २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी छोडेर हिँडेका नेताहरु फर्केर आउने विश्वास व्यक्त गरेका छन् ।उनले बाबुराम, किरण, विप्लव लगायतका नेताहरुलाई अङ्कमाल गर्ने दिनको प्रतीक्षामा आफू रहेको बताएका छन् ।

विप्लव समूहबाट माओवादीमा आएकाहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘बुवाआमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ । उ नफर्किएसम्म बुवाआमालाई दिनभरि त्यही छोराको चिन्ताले सताउँछ । मलाई पनि त्यस्तै भएको छ ।’

प्रचण्डले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित भएर नेपाली क्रान्तिलाई मौलिक तरिकाले अगाडि लैजानुपर्नेमा जोड दिएका छन् । पार्टी प्रवेश गर्नेलाई धन्यवाद दिँदै उनले भने, ‘तपाईंंहरुले सही निर्णय लिनुभएको छ । ब्युँझेर आउनुभयो । अरु पनि चाँडै ब्युँझिनेछन्। बाबुरामजी, किरणजी, विप्लवजी पनि यसरी नै आउनुहुन्छ भन्ने विश्वास छ । उहाँहरुलाई अङ्कमाल गर्ने, हात मिलाउने दिनका प्रतीक्षामा छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button