खबर

नीतिभन्दा कुर्सीको चर्चा

काठमाडौं ,कात्तिक २७, २०७८
नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन । केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि महाधिवेशन हुँदै निर्वाचनमा जनताका बीचमा जाँदा लिने नीतिगत मुद्दाका विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल प्रारम्भ नै गरिएको छैन ।

महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने नेताहरूको ध्यान नै पुग्न सकेको छैन । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत पार्टीको आसन्न केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि आवश्यक नीतिगत पक्षमा निर्णय लिने विश्वास व्यक्त गरे । महाधिवेशनमा नीति र नेतृत्व दुवैको निर्वाचन एकै पटक भएकाले धेरैको ध्यान नेतृत्व चयनमा पुग्ने भएकाले नीतिगत बहस ओझेलमा पर्ने गरेको उनी स्वीकार गर्छन् ।

उनले यस पटक पनि विगतजस्तो राजनीतिक, आर्थिक साङ्गठनिक सबै खालको प्रतिवेदन पार्टीले तयार पारी महाधिवेशनमा प्रस्तुत गरिने जानकारी दिए । पार्टीको महासमिति बैठकमा बरु नीतिगत बहस चर्को रूपमा हुने गरेको उनी बताउँछन् ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button