खेलकुद

अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स रोकियो

कात्तिक २८, २०७८
एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा बराबरीमा रोकिएको छ ।

नेदरल्यान्ड्सले घरेलु टोली मोन्टेनेग्रोसँग २–२ गोलको बराबरी खेल्न बाध्य बनेको हो । मोन्टेनेग्रोमा शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सका लागि दुवै गोल मेम्फिस डिपाएले गरेका थिए । घरेलु टोलीका लिजा भुकोटिक र निकोला भुजनोभिकले बराबरी गोल फर्काए ।

खेलको २५औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । डाभी क्लासेनलाई पेनाल्टी बक्समा जान्कोभिचले फउल गरेपछि रेफ्रीले डच टोलीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डिपाए चुकेनन्।

५४औं मिनेटमा डिपाएले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । उनले डेन्जेल डमफ्रेजको पासमा गोल गर्न सफल भएका थिए । तर त्यो अग्रतालाई नेदरल्यान्ड्सले जोगाउन सकेन । घरेलु टोलीले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको सम्भावित हार जोगाउँदा नेदरल्यान्ड्स जितबाट वञ्चित बन्न पुग्यो । ८२औं मिनेटमा लिजा भुकोटिकले तथा ८६औं निकोला भुजनोभिकले बराबरी गोल फर्काए ।

यो बराबरीपछि समूह ‘जी’ मा नेदरल्यान्ड्स ९ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । मोन्टेनेग्रो १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यही समुहको अर्काे खेलमा टर्कीले जिब्राल्टारलाई ६–० ले पराजित गर्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना जीवितै राखेको छ । नर्वेले भने लात्भियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

यो नतिजापछि यो समूहबाट ३ टोली नेदरल्यान्ड्स, टर्की र नर्वेको विश्वकपमा छनोट हुने सम्भावना रहेको छ । छनोटको अन्तिम खेलमा मोन्टेनेग्रो र टर्की तथा नेदरल्यान्ड्स र नर्वेबीच प्रतिस्पर्धा हुदैछ । यि तीनै टोली अंक गुमाउन चहादैन । टर्की र नर्वेको समान १८ अंक छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button