कला

रोशा उत्कृष्ट १४ मा पर्न सफल

मेचीनगर । सांगीतिक रियालिटि सो सारेगम लिटिल च्यापियनमा प्रस्तुति दिइरहेकी झापा मेचीनगर–८ की रोशा फुयाल उत्कृष्ट १४ मा पर्न सफल भएकी छिन् ।

अडिसनदेखिनै अब्बल प्रतिष्पर्धिको रुपमा परिचित रोशा यतिखेर टप १५ बाट १४ मा पुगेकी हुन । हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रशारण हुदै आएको यस गायन प्रतियोगितामा हाल रोशा भोटिङ राउण्डको चरणमा छिन्

रोशालाई सारेगम लिटिल च्यापियन बन्न अब सबैको प्रेरणा हौसला र जनमतको खाँचो छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानबाट रोशाकासमर्थकहरुबढ्दै गईरहेका छन ।

हरेक शुक्रवार देखि सोमवार अपराह्न १२ बजेसम्म हुने भोटिङ्गका लागि सबैसमक्ष रोशाले सहयोग समेत मागेकी छिन । प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम रहेकोले रोशालाई सबैको भोटको जरुरी छ ।

बाल्यकालदेखि नै संगीतमा रुचि देखाएकी उनले मेची नगर तथा झापा जिल्लामा नै भएका धेरै प्रतियोगिताहरुमा समेत जित हासिल गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button