खबर

कोरिया पुनः प्रवेशका लागि आवेदन आह्वान

काठमाडौं ,कात्तिक २८, २०७८
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो ।
कोरोना संक्रमणका कारण लामो समय रोकिएको सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा (स्पेसल ईपीएस टपिक २०२१) को लागि आवेदन खुला भएको हो ।

यसका लागि ६ देखि ८ मंसिरसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । परीक्षाको नतिजा १ पुसदेखि ७ गतेसम्म प्रकाशित हुने जनाइएको छ ।कारोबार दैनिकमा छ ।

कोरिया जान ईपीएस अन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिषा अवधि भित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरुले आवेदन दिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button