मूल खबर

संसदीय व्यवस्था खारेज गरेर एकताका लागि आए हामी सधैँ तयार छौँ : विप्लव

कात्तिक २८, २०७८
कैलाली । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले सबै कम्युनिस्टहरूसँग एकता गर्न आफूहरू तयार रहेको बताएका छन्।

शनिबार कैलालीको धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले सबै नेपाली कम्युनिष्ट पार्टीबीच एकता सम्भव रहेको बताएका हुन्।

अहिले एमाले माओवादी लगायतका पूर्व–सहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको भन्दै चन्दले एकता गर्न सकिने बताएका छन्।
मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागि एकता भने नगर्ने भन्दै चन्दले संसदीय व्यवस्था नै खारेज गरेर एकताका लागि आए आफूहरू सधै तयार रहेको धारणा राखे। कम्युनिस्टलाई कम्युनिस्ट पार्टीले नै प्रतिबन्ध लगाएको बताए।झिल्को डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button