मूल खबर

काठमाडौंमा सडक अवरुद्ध गर्ने विप्लवका २२ कार्यकर्ता पक्राउ

३० कार्तिक २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंमा सडक अवरुद्ध गराउँदै हिँडेका नेत्रबिक्रम चन्द विप्लवका २२ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराएको विरोधमा विप्लवले आज बन्दको आह्वान गरेका हो ।

नेत्रविक्रम चन्दको नेकपाका कार्यकर्ताले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवागमन रोक्ने र सार्वजनिक सवारी साधनमाथि तोडफोडको प्रयास गरेका छन् । सोक्रममा सुन्धारा, त्रिपुरेश्वर, बालाजु, बल्खुलगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीले सडकमा टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए।नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ पुर्‍याएको थियो। पेट्रोल, डिजेलरमट्टीतेलको मूल्यसमेत प्रतिलिटर ३–३ रुपैयाँले बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button