स्वास्थ्य

अस्ट्रियामा पूर्णरूपमा खोप नलगाउनेलाई घरबाट निस्कन नदिइने

३० कार्तिक २०७८
भियना, (एजेन्सी) ।

अष्ट्रियामा पूर्ण रूपमा कोभिड–१९ को खोप नलगाएका करिब बीस लाख मानिसलाई सरकारले घरबाट ननिस्कन निर्देशन दिएको छ। मुलुकमा पुनः कोराना भाइरस संक्रमणको संख्यामा वृद्धि हुन थालेपछि सरकारले यो कदम चालेको त्यहाँको सञ्चार माध्यमले सोमबार जनाएको छ ।

अस्ट्रियाका चान्सलर अलेक्जान्डर र स्कालेन्वर्गले भनेका छन् – ‘हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौं । तर, दुखलाग्दो कुरा हामी केही जनतामाथि कडा लकडाउन जस्ता नीति कार्यान्वयन गर्न बाध्य छौं । तिनीहरूलाई खाद्यान्न खरिद र काममा जानका लागि मात्र घरबाट निस्कने अनुमति दिइने भएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका नागरिकलाई कम्तीमा १० दिनका लागि ‘लकडाउन’ गरिएको हो । आइतबार राति १२ बजेबाट त्यस्तो प्रतिबन्ध गरिएको हो । सो प्रतिबन्ध १२ वर्षभन्दा माथिका व्यक्तिहरूलाई लगाइएको हो । अब १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाउने छैनन् । तर, तिनीहरू खोप लगाउका लागि खोप केन्द्रसम्म जान भने पाउने बताइएको छ ।

पछिल्लो समय अस्ट्रियामा कोरोना संक्रमण तीव्र भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ । यदि, कसैले सरकारी निर्देशन उल्लंघन गरेको खण्डमा १ हजार ६ सय ६० अमेरिकी डलरसम्म जरिवाना गरिने सरकारी अधिकारीहरूले बताएका छन् ।

अस्ट्रियामा कूल जनसंख्याको करिब ६५ प्रतिशतले मात्र पूर्ण रूपमा खोप लगाएक छन् । पश्चिमी युरोपमा यो तथयांक सबैभन्दा कम दर मध्ये एकमा पर्दछ ।

सातदिने संक्रमित दर संकलन गरिँदा प्रति १ लाख व्यक्तिमा ८ सय जनाभन्दा बढी संक्रमित पाइएको छ । युरोपमा फेरि महामारी फैलिन थालेकाले थुप्रै मुलुकमा कोरोना विरुद्धका नियमहरू कडाइताका साथ लागु गरिएको छ ।newsofnepal

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button