खबर

विप्लवको बन्दले झापा जिल्ला प्रभावित

३०कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।

आज (मंगलबार)बिहानैदेखि बन्दकर्ताहरु सडकमा देखापरेका थिए । पूर्वी नाका काँकरभिट्टामा सो पार्टीका कार्यकर्ताहरु बिहान सबेरैदेखि सकृय रहेका थिए ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज बन्दको आह्वान गरेको हो। बन्दका कारण झापाको मुख्य सडकमा सार्वजनिक यातायात खासै चलेका छैनन् । बिर्तामोड, दमक, भद्रपुर, काँकरभिट्टालगायतका शहरहरु प्राय बन्दको अवस्थामा छन् । सार्वजनिक यातायात नचलेपनि निजी
निजी सवारी साधनहरु भने सडकमा गुडेको देखिन्छ । बिहानपख केही बन्दकर्ताहरु सडकमा देखिएपनि त्यसपछि नदेखिएको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दा सम्म बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
बन्द सफल बनाउन भन्दै सो संगठनले हिजो बेलुका मसाल जुलुस समेत प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button