रोटरीकोे आयोजनामा मेचीनगरमा म्याराथुन दौड प्रतियोगिता हुने


३ मंसीर २०७८
चौतारी पोष्ट अनलाइन

काँकरभिट्टा। रोटरी क्लब अफ मेचीनगरले अन्तर्राष्ट्रिय बाल दिवस र नेपाल सम्बत् ११४२ को अवसर पारेर शनिबार (भोली)खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ ।
रोटरी नेपाल र भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार धुलाबारी स्थित होटल रोयल निर्माणमा पत्रकार सम्मेलन गरी म्याराथुन दौड प्रतियोगिताको तयारी बारे जानकारी दिएको छ ।

शनिवार(भोली) चारआली स्थित सहिद दशरथचन्द माध्यमिक विद्यालयको परिसरबाट काँकरभिट्टा स्थित एशियन हाइवे सम्म १३ किलोमिटरको दूरीमा म्याराथुन दौड हुने क्लबका अध्यक्ष किशोर क्षेत्रीले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने व्यक्ति तथा संस्थाहरुले मेची उद्योग बाणिज्य संघ, प्रतिक फार्मेसी चारआली, हाम्रो ब्रान्ड हार्डवेयर ईटाभट्टा, आर्शिवाद ट्राभल्स काँकरभिट्टा, सतासी बहुउद्देश्यीय सहकारी संस्था र कृषि थोकमा नाम दर्ताका लागि फाराम प्राप्त गर्न सकिनेछ ।

महिला तथा पुरुषको छुट्टाछुट्टै हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार र चौथोदेखि दशौंसम्म हुनेलाई सान्त्वना स्वरुप एक हजार रुपैयाँका दरले पुरस्कार पाउने कार्यक्रम संयोजक दिनेश शाक्यले बताए ।

सबै प्रतियोगीलाई टिसर्ट निःशुल्क उपलब्ध गराइने पनिउनले बताए । पुरस्कार लगायत विभिन्न सामाग्रीमा एक लाख रुपैयाँ खर्च लाग्ने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा क्लब अध्यक्ष क्षेत्री , कार्यक्रम संयोजक शाक्य, क्लबका ‘प्रेसिडेन्ट इलेक्ट’ अनन्तप्रकाश वस्ती, सदस्यहरु ऋषिराज तिम्सिना, थिन्कु नेम्बाङ, आष्मा चापागाई, रोट्रयाक क्लब अफ मेचीनगरका ‘प्रेसिडेन्ट’ इभान लुईटेल लगायतको उपस्थिती रहेको थियो ।

50% LikesVS
50% Dislikes