मूल खबर

राजनीतिक दलको उम्मेदवार बनेका पत्रकारहरुको सदस्यता खारेज गर्ने पत्रकार महासंघको चेतावनी

५ मंसिर २०७८, आईतवार

काठमाडौ । नेपाल पत्रकार महासंघले राजनीतिक दलको उम्मेदवार बनेका पत्रकारहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

महासंघले राजनीतिक दलको उम्मेदवार बनेकाहरूलाई ‘उच्च नैतिकता प्रदर्शन गर्न’ आग्रह गर्दैं पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघले आज (आइतबार) एक वक्तव्य जारी गर्दै ध्यानाकर्षण सहित यस्तो चेतावनी दिएको हो ।

अतिरिक्त राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने पनि महासंले चेतावनी दिएको छ ।

‘पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन२०७६)ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’, भन्ने कुरा व्यवस्था गरेको महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले भनेको छ, ‘कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्रको कुरा अहिले स्मरणीय बनेको छ । महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलकोे चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्धमा छ ।’

‘महासंघको विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्दै महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा गर्न महासंघ आग्रह गर्छ’, विज्ञप्तिमा भनिएको छ ।Ratopati News /from

हेर्नुहोस् विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button