मूल खबर

यसरी बन्छ कांग्रेस केन्द्रिय कार्यसमिति

२१ मंसिर २०७८
काठमाडौं ।

मंसिर २४ गते देखि १४औं महाधिवेशन शुरु गर्न लागेको सत्ताधारी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु नेतृत्व हत्याउने रणनीतिका साथ गुट उपगुटको भेला गरिरहेका छन् ।पुनः नेतृत्व लिने रणनीतिमा लाग्नु भएको सभापति शेरवहादुर देउवा आफ्नो नेतृत्वको प्यानल मिलाउने कसरत गरिरहनु भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको समुह कस्को नेतृत्वमा प्यानल बनाउने भन्ने छलफलमा छन् ।

पौडेल समुहमा प्रकाशमान सिंह, डा. शेखर कोइराला र डा. शशांक कोइराला पनि सभापतिका आकाक्षि छन् । उपसभापति विमलेन्द्र निधि तीन महिना अघि देखि नै सभापतिको उमेद्वार घोषणा गरि तयारी गरिरहनु भएको छ ।कांग्रेस केन्द्रिय कार्यसमितिमा एक सभापति सहित १४ पदाधिकारी रहन्छन । जसमध्य कोषाध्यक्ष बाहेक सबै निर्वाचित हुनुपर्नेछ । काग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्रि दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । सहमहामन्त्री महिला, आदिवासि-जनजाती, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक-एक जना हुने व्यवस्था छ ।

विधान अनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रिय सदस्य बाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्ने छ । केन्द्रिय सदस्य खुल्लामा ३५ जना महिला खुल्लामा ९ जना निर्वाचित हुन्छन । प्रत्येक प्रदेशबाट एक महिला सहित तीन जनाको दरले कुल २१ जना निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था छ । केन्द्रिय सदस्यम समानुपातिक र समावेशीको सिद्धान्त अनुसार ५६ जना निर्वाचित हुन्छन ।

जस अन्तर्गत दलित कोटामा चार महिला सहित ९ जना, आदिवासि-जनजाती कोटामा सात महिला सहित १५ जना, खस-आर्य कोटामा ६ महिला सहित १३ जना, मधेशी कोटामा चार महिला सहित ९ जना, थारु कोटामा दुई महिला सहित चार जना, मुस्लिम कोटामा एक महिला सहित तीन जना, पिछडिएको क्षेत्र अन्तर्गत एकजना र अल्पसंख्यक-अपाङ्ग कोटाबाट दुईजना केन्द्रिय सदस्य निर्वाचित हुने विधानमा उल्लेख छ ।

सभापतिले मनोनित गर्ने ३३ जनामा एकतिहाई महिला कार्यसमितिमा पुग्ने गरि समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने भनिएको छ ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button