खेलकुद

न्यूक्यासलमाथि लिभरपुलको पूनरागमन जित

पुस २, २०७८

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले रेलिगसन जोनमा संघर्ष गरिरहेको न्यूक्यासल युनाइटेडमाथि पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याउदै ३–१ को सहज जित आत्मसात गरेको हो । एनफिल्डमा बिहीबार राति भएको खेलमा लिभरपुलको पूनरागमन जितमा डिएगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डले गोल गरे । न्यूक्यासलका जोन्जो सेल्भेको गोल सान्त्वना बन्यो ।

खेलको सातौ मिनेटमा जोन्जो सेल्भेको गोलबाट न्यूक्यासलले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । तर त्यो अग्रतालाई न्यूक्यासलले पहिलो हाफमै जोगाउन सकेन । २१औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

२५औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । निर्धारित समयको खेल सकिन ३ मिनेट बाँकी रहँदा ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्दै लिभरपुलको पूनरागमन जित सुनिश्चित गरे ।

यो जितसँगै दोस्रो स्थानमा यथावत रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ । लिभरपुलको १७ खेलबाट ४० अंक पुगेको छ । समान खेलबाट सिटीको ४१ अंक छ । पराजित न्यूक्यासल १० अंक जोडेर १९औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button