स्वास्थ्य

‘विमानस्थलमा भीडभाड नगर्नू’

काठमाडौँ
४ पुस २०७८

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ।

पछिल्लो समय विमानस्थलमा यात्रुको संख्या बढिरहेको र उनीहरूको बिदाइ तथा स्वागतमा जानेहरूका कारण भीडभाड बढेको भन्दै विमानस्थल कार्यालयले विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन आह्वान गरेको हो।

विमानस्थलमा आउँदा/जाँदा उच्च सतर्कतासहित स्वास्थ्य मापदण्डको पालना गर्न समेत आग्रह गरिएको छ। विभिन्न मुलुकबाट आउने यात्रुमा संक्रमणको जोखिम हुन सक्ने भन्दै प्रशासनले नयाँ भेरियन्टबाट बच्न आग्रह गरेको हो।

विमानस्थलमा पूर्वाधार निर्माण तथा विस्तारको काम समेत जारी रहेका कारण स्थान अभावले बढी भीडभाड भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button