खेलकुद

बार्सिलोना बराबरीमा रोकियो

पुस ७, २०७८
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियासँग बराबरी खेलेको छ । एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले घरेलु टोली सेभियासँग १–१ गोलको बराबरी खेलेको हो ।

घरेलु टोलीका एलेसान्द्रो गोमेजले गोल गर्दा बार्सिलोनाका रोनाल्ड एराउजोले बराबरी गोल फर्काए । दुवै गोल पहिलो हाफमा भएको थियो ।

यो बराबरीसँगै सेभिया १८ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहँदा शीर्षस्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि परेको छ । बराबरीसँगै बार्सिलोनाले पाँचौ स्थानमा उक्लने मौका गुमाउँदा २८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button