विचार

त्यस्ता कम्युनिष्ट यस्ता भए !

मैले जान्दाकै कुरा हो । कम्युनिष्टहरु समग्रमा असल थिए, उनीहरुको बोली र ब्यवहारबीचको एक रुपता साँच्चैको थियो । मूलतःउनीहरुमा ईमान्दारिता थियो । आफ्नो आदर्श र आस्थालाई शीरमा राखेर उनीहरु राजनीति गर्थे । भन्नै पर्दा मलाई पनि कम्युनिष्ट मन पथ्र्यो । कम्युनिष्ट भनेका असल मान्छेहरु हुन्छन् भन्ने मेरो बुझाई पनि थियो । त्यो बेला जति बेला कम्युनिष्टका नेताहरुको जिवनशैली र उनीहरुको वैचारिक पक्ष वास्तवमै अनुसरण गर्न लायक पनि थियो । कम्युनिष्ट पार्टीले लिएको आफ्नो परिवर्तनको यात्रामा हजारौँ मान्छेहरुका सपनाहरु थिए । कम्युनिष्टहरु अरु भन्दा फरक लाग्थे । नेताहरुको विचार पक्ष र व्यवहारबीच एक रुपता थियो । कम्युनिष्ट पार्टीमा वैचारिक छलफल हुने गथ्र्यो, कामको मूल्या«ङ्क हुने गथ्र्यो जहाँ विचार , संगठन र पद्धति बलियो थियो ।
कति पो समय बितेको छ र ?हिजो अस्तिको कुरा हो, कम्युनिष्ट पार्टीले बोकेको वर्ग पक्षधरताको कुरा, नेताहरुको जिवनशैली र कम्युनिष्ट संगठनको कुरा ।पार्टी भित्र हुने वैचारिक र सैद्धान्तिक छलफल,नेता र कार्यकर्ताहरुको अध्ययन । आज त्यही कम्युनिष्ट पार्टी र उनै नेताहरुमा देखिएको वैचारिक पहिरो र जिवनशैलीको तमासा हेर्दा आफैलाई सपना जस्तो लागेको छ । पार्टी त्यही हो , नेता तिनै हुन् तर पार्टी ठालु र महाजनहरुको निजि कम्पनी जस्तै भएको छ भने नेता नवधनाढ्य वर्गका मुखिया जस्ता बनेकाछन् । हिजो सम्म सर्वहाराको नाराको रटान लगाउने कम्युनिष्ट पार्टीहरु रातारात क्रिमपाउडर लगाएर नचिन्ने जस्ता बनेकाछन् नेताहरुको समग्र जिवनशैली महाजनका पनि बडे महाजनको जस्तो भएको छ ।हिजोको बचेको भनेको उनीहरुसँग एउटा हँसिया हथौडाको झण्डा छ जो आफ्नो कम्पनीको ब्यावसायिक लोगो जस्तै मात्र भएको छ अनि कतै न कतै पार्टीको नाम कम्युनिष्ट राखेकाछन् । मैले यहाँ कुनै एउटा मात्रै कम्युनिष्ट पार्टीलाई संकेत गरेको होइन । नेपालमा जति पनि कम्युनिष्ट पार्टी र नेता छन् जो एक पटक कुनै न कुनै रुपमा संसदमा या सरकारमा पुगेकाछन् उनीहरु सबैको पार्टी जिवन र नेताहरुको निजि जिवनमा आएको बेमेलको परिवर्तनले सबै स्पष्ट पार्छ नै । मैले कसैप्रति आग्रह वा पूर्वाग्रह राखेर भन्नै पर्दैन नेताहरुले आफैलाई हिजोको आफ्नो यात्रा र आजको आफ्नौ दौडलाई एक पटक स्मरण गरे काफि हुन्छ ।
आफ्नो सम्पूर्ण जिवन देश र जनताका लागि भन्ने कम्युनिष्ट नेताहरुलाई मेरो मात्र एउटै जिज्ञासा छ, यो वा त्यो भनेर तपाईहरु पटकपटक सत्तामा पुग्दा देश र जनतालाई तपाईहरुले के दिनु भयो ?हिजाका दिनमा तपाईहरुले सोझा गरिब नेपालीलाई वितरण गर्नु भएका रोमाञ्चक सपना कुनकुन पुरा गर्नु भयो ?
शैलीमा पुरापुर वुर्जुवापनले ढाकेको छ, पार्टी भित्र दौलतवान र चाकडिवाजहरुको हालिमुहाली छ, विचारको बहस होइन कमाउ धन्दाको उधोग चलेको छ, समानता र समृद्धिका कुरा फोस्रा छलि नारा बाहेक केही भएका छैनन् तर हिजोको जस्तैजस्तै भनको झण्डा मात्र छ, नेताहरु पनि हिजोकै हुन् तर उनीहरु अब चिन्न नसक्ने भएकाछन् ।
हिजोका दिनमा आफुले देखेका कम्युनिष्ट पार्टीको वर्तमानको चित्र हेर्दा लाग्छ अब कम्युनिष्ट पार्टी भनको शाहु, महाजन, नवधनाढ्य र चाकडिवाजहरुको संगठित कम्पनी पो हो कि अनि यस्तो पार्टीका नेता भनेका कम्पनीका शेयर सदस्यबीचबाट छानिएका मुख्य लगानीकर्ता नै हुन्छन भन्दा के फरक पर्छ ?हिजोको जस्तै भनेको नेपालका कम्युनिष्टहरुले आज पनि अर्को एउटा सुत्रलाई छाडेका छैनन् । प्राय सबै कम्युनिष्ट पार्टीहरुले आफ्ना दस्तावेज, भाषण र घोषणा पत्रमा गरिब, उत्पिडित र भोकाहरुको चर्को नारालाई उचालेका हुन्छन् किनकी यो देशमा शदियौँ देखि यही वर्ग सधै पिडित र यसको संख्या सबै भन्दा धेरै छ भन्ने उनीहरुलाई थाहा छ । भोलीका दिनमा सरकारमा जान होस या सांसद र मन्त्री बन्न यही वर्गको भोेट चाहिन्छ भनेर उनीहरुले हिसाव गरेकाछन् ।
तर, सत्य यही हो, हिजोका दिनमा न्याय,समानता र स्वतन्त्रताका लागि जो पार्टी र नेताहरुले जसजसलाई सपना बाँडेका थिए आज ति मान्छेहरु जहाँको त्यँही र जस्ताको तस्तै छन् फरक यति भयो ति पार्टी र त्यसका नेताहरु यति धेरै बद्लिए कि हिजोका त्यसता कम्युनिष्ट आजका यस्ता कम्युनिष्ट भए जो कसैले पनि सोचेका थिएनन् । शायद नेताहरुले पनि आफु यस्ता हुन्छौँ भनेर सपना पनि देखेका थिएनन् होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button