विचार

येशू ख्रीष्ट जन्मनुको उद्देश्य र ख्रीष्टमसको महत्व

होमराज राई

विश्वव्यापी रूपमा डिसेम्बर २५ का दिन ख्रीष्टमस अर्थात् प्रभु येशू ख्रीष्टको जन्मोत्सव मनाउने गरिन्छ । नेपालको परिपेक्षमा मण्डलीको सुरु्रवातसँगै हर्षोल्लासका साथ यहाँ पनि प्रत्येक वर्ष अन्य देशहरूमा जस्तै ख्रीष्टमस मानउन सुरु भएको हो । समयसंसगै ख्रीष्टमस मनाउने चलन पनि व्यापक हुँदै गईरहेको छ र वर्तमानमा आएर मण्डली वा विश्वासी समुदायमा मात्रै सिमित रहेको छैन । प्रभु येशूमा विश्वास नगर्ने व्यक्ति वा समुदायले पनि उत्तिकै उत्साहका साथ ख्रीष्टमस मनाई रहेका पाइन्छ । विभिन्न तारे होटल , रेस्टुरेनटहरुमा यो प्रचलन पहिले देखिनै थियो । बिदेशहरूमा त अक्टोबर महिना देखिनै ख्रीष्टमसको चहलपहल भईसकेको हुन्छ । मुख्य व्यापारिक केन्द्रहरू विशेष किसिमले सजाइएका हुन्छन् र स्कूल कलेजहरूमा लामोसमय बिदा दिइएको हुन्छ । सैयौं वर्षदेखि चलिआएको प्रचलनअनुसार यो विशेष चाडको रूपमा मनाइन्छ ।

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस् तर त्यसले अनन्त जिवन पाओस् भनि संसारमा पठाउनु भयो, यूहन्ना ३ः १६ । यो परमेश्वरको महान योजना थियो । यसरी अलौकिक तरिकाले येशू ख्रीष्ट यस दूनियामा मानिसहरुको जीवनमा एउटा महान परिवर्तन ल्याउनलाई जन्मनुभको हो । उहाँको जन्म हुनु भन्दा सयौ वर्ष अघिदेखि भविश्यवत्ताहरुले भविश्यवाणी गरिरहेका बाइबलमा पाउँछौ । वास्तवमा येशू ख्रीष्टको जन्म एक ऐतिहासिक तरिकाले भएको थियो । उहाँको जन्म एउटा गोठमा भएको थियो । यहाँ महत्वपूर्ण प्रश्न खडा भएको पाउछाँै । उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो भने किन असल ठाउँ पाउनु भएन रु र एउटा गोठमा जन्मनु प¥यो रु तर यस प्रकारले जन्मनु आवश्यक थियो र यस जन्मले महत्वपूर्ण अर्थ बोकेको छ। तर त्यो भन्दा पहिले म येशू ख्रीष्टको अर्थ स्पष्ट गराँउन चाहान्छु ।

येशू – यूहन्ना १ः१ ले भन्छ कि, “वचन परमेश्वर हुनुहुन्थ्यो”। यूहन्ना १ ः १४ ले भन्छ, “वचन देहधारी हुनुभयो”। यसले स्पष्ट संकेत गर्छकि येशूनै देहधारी परमेश्वर हुनुहुन्छ । थोमा येशूको चेलाले येशूलाई स्पष्ट भन्यो, “मेरो प्रभु र मेरो परमेश्वर” यूहन्ना २०ः२८।” प्रेरित पावलले उहाको यसरी वर्णन गर्छन्,– “ र हाम्रो महान् परमेश्वर र मुक्तिदाता, येशू ख्रीष्ट” तितस २ः१३।, प्रेरित शिमोन पत्रुसले पनि उस्तै भन्छन्, “हाम्रा परमेश्वर र मुक्तिदाता, येशू ख्रीष्ट” २ पत्रुस १ः१।, वास्तपमा येशू परमेश्वर नै हुनुहुन्छ, उहाँ सारा मानव जातिको उद्धारको निम्ति मुक्तिदाताको रुपमा मानव अवतार लिएर यस धरतीमा आउनु भएको हो । “तर पुत्रको बारेमा यसो भन्नुहुन्छ, ‘ओ परमेश्वर, तपाईको सिंहासन अनन्त सम्मका लागि, र धार्मिकता तपाईको राज्यको मुकुट हुनेछ।’” पुरानो करारको भविष्यवाणीहरुले येशूको ईश्वरत्वको घोषणा गर्दछ,–“ किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रो निन्ति छोरा दिइएको छ, र शासन उहाँको काँधमा हुनेछ । र उहाँ अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तको पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ( यशैया ९ः६।”
येशू एक परमेश्वरको एक्ले पुत्र हुनुहुन्छ । जसले आफ्ना मानिसहरुलाई तिनीहरुको पापबाट बचाउँनु हुनेछ । मत्ति १ः२१ ले भन्दछ–“तिनले एउटा पुत्र जन्माउँनेछिन् , र तिमीले उहाँको नाउँ येशू राख्नेछौँ, किनभने उहाँले आफ्ना मानिसहरुलाई तिनीहरुका पापबाट बचाउनुहुनेछ । ” आज मानिसहरुको पापबाट छुटकारा दिनलाई संसारमा पठाउँनु भएको हो ।

ख्रीष्ट ः– ख्रीष्ट एक अभिषेक गरिएको व्यक्ति भन्ने बुझिन्छ । र मुक्तिदाता हुने योग्यतालाई प्राप्त गरेको व्यक्ति भन्ने बुझाउँछन् । लूका २ः११ ले भन्दछ–“आज दाउदको शहरमा तिमीहरुका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ ,जो ख्रीष्ट प्रभु हुनुहुन्छ । ”
जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरु र जनताका शास्त्रिहरुलाई भेला गरे, र ख्रीष्टको जन्म कहाँ हुने होरु भनि सोधपूछ गरे,– ( मत्ती २ः३–४ ।”
तपाईंले “ख्रीष्ट” को अर्थ बुझ्नलाई,–“ए, बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरुका बीचमा कुनैभन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एउटा शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछ, (मत्ती २ः६ ।” यहाँ हामीले ‘ख्रीष्ट’ को अर्थ बारे बुझ्न सजिलो पारेको छ । यो देखिन्छ, कि “क्राईस्ट” अर्थात् “ख्रीष्ट” करारबाट आएको हो। “‘क्राईस्ट’ एउटा नाम होइन, यद्यपि एउटा उपाधि हो र आज पनि छ, यसले एउटा शासक वा राजाको संकेत दिदछ। त्यसैले नै हेरोद ‘चिन्तामा थिए’ किनकि उनले एउटा अर्को राजा हुने संभावनालाई आफ्नो लागि खतरा महसूस गरे। तर ख्रीष्ट मानिसहरुबाट अभिषिक्त ख्रीष्ट थिएन, उहाँ परमेश्वर पिताद्धारा सारा मानवजातिको पापको उद्धारको निम्ति र शैतानिक बन्धनको शाक्तिसंग आत्मिक यूद्धको शासक थियो ।

गोठ ः– येशू ख्रीष्टको जन्म एउटा गोठमा भएको थियो । गोठ भनेको गाईवस्तुहरु राख्ने छाप्रोलाई भनिन्छ । गोठमा जन्मनुको कारण गरिवीपनलाई देखाउँछन । उहाँ महान व्यक्ति भएर पनि तल्लो स्थानमा झर्नु भयो ।आफूलाई होचाइनु भयो , उहाँले दुःखी, गरिवी र थकित आत्माहरुलाई उत्साह दिन र जीवन जिउन सिकाउन उहाँ आफैँ गरिवीपनमा जन्म लिनु भयो अर्थात ती सबै कुराहरुसंग समेल हुनु भयो । एक अर्का प्रतिको सद्भाव ,प्रेम र बलिदानलाई प्रकट गराउँनु भ यो । हामी आफूलाई अरुको अगाडि ठूलो हुन चाहान्छौ, र शान देखाउन चाहान्छौ । तर गर्न सक्ने चाहिँ केहि होइन । यो हाम्रो घमण्ड मात्र हो, उहाँले घमण्डीहरुलाई बिरोध गर्नुहुन्छ । गोठमा जन्मनुको अर्को पनि कारण छ । गोठमा सरसफाई हुदैन । त्यहाँ दुर्गन्ध, फोहोर मैलाले भरिएको हुन्छ । यसले अशुद्धतालाई जन्माउँछ । संसार यति साह्रो दुर्गन्धित र अशुद्धताले भरिएका छन् । यतिसम्म कि परमेश्वरले आखाँ खोलेर संसार हेर्न नसक्ने अवस्था देख्नु भयो । अशुद्धता, रिस, क्रोध, डाह, निन्दा आदिले भरिएको कारण सबै नाश हुन लागेकाले परमेश्वरले येशू ख्रीष्टद्वारा बाँचोस भनेर पठाउनु भयो । उहाँले धनी र धर्मिहरुलाई रोज्नु भएन तर गरिब भएर पापीहरुलाई रोज्नु भयो । गोठमा जनावरहरु राखिन्छ, आज मानिसहरु जनावर सरह भएको पाइन्छ । उपदेशक ३ः१८ मा मैले यो पनि सोचे मानिसहरु त पशुसरह हुन भन्ने जानुन् भनी परमेश्वरले तिमीहरुको जाचँ गर्नुहुन्छ । जब परमेश्वरले मानिसहरुलाई जाचँ गर्नुभयो, तब तिनीहरु पशु भन्दा भिन्दै थिएनन्। आज तपाईहरुले मानिसहरुको दुष्टताको बारेमा सोच्नु र खोज्नु भयो भने मानिसहरु पशुहरु भन्दा पनि खराब पाउनुहुनेछ ।

डूँड ः– जब येशू ख्रीष्ट जन्मनु भयो, उहाँलाई सुताउनको लागि त्यहाँ कुनै ठाउँ नभएकाले जनावरहरुलाई खुवाउनको लागि प्रयोग गरिने डूँडमा उहाँलाई कपडाले बेरेर सुताइयो । लूका २ः११–१२ मा आज दाउदको शहरमा तिमीहरुका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । तिमीहरुलाई चिन्ह चाहि यो हुन्छ तिमीहरुले एउटा बालकलाई लुगाले बेह्रेको र डूँडमा सुताइराखेको भेटाउनेछौँ । हामीलाई थाहा छ, जब कुनै बालक जन्मछ , तिनलाई आमाले न्यानो कपडाले न्यानो कोठामा सुरक्षित राख्छन् । तर येशूलाई त्यो जाडो समयमा डूँडमा सुताउँदा अवस्य पनि न्यानो थिएन र कैसर अगस्टसले तिनका सारा साम्राज्यमा जनगणना लिन भनि हुकुम गरेपछि योसेफ र मरियम पनि गालीलको नासरतबाट यहुदियाको बेथलेहेम भन्ने शहरमा नाम दर्ता गराउन गएका थिए र त्यसैले उनीहरुसँग ओढ्ने न्यानो लुगा थिएन । हुन सक्छ येशूको बुवा योसेफले ओढेको लुगा नै बालक येशूलाई बेह्रेर सुताइएको थिए । यसैले पनि दुःखि गरिवीपनलाई देखाउँदछ । उहाँ आफै उदाहरण भएर धैर्यता र नम्रताका साथमा दूनियालाई जिउँनु सिकाउनु, भयो । यसरी उहाँ यस धर्तिमा जन्म लिनु भयो ।

ख्रीष्टमसको सुरुवात

येशू ख्रीष्टको जन्म बारे बाइबलको मत्ती र लूकाको सु–समाचारमा उहाँको जन्मको विवरण दिएको भए पनि नयाँ नियम को कुनै पनि पुस्तकमा उहाँको जन्म दिन उल्लेख नभएकाले उहाँको जन्मको वास्तविक मिति कसैलाई पनि थाहा छैन । येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने पर्व नै ख्रीष्टमस हो । चौथो शताब्दीको उत्तरार्धतिर ख्रीष्टमस भिन्दा–भिन्दै मितिमा भए पनि मण्डलीहरुमा मनाउन थालिएको थियो । सन् ३२० को डिसम्बर २५ मा पोप जुलियस प्रथमले ख्रीष्टको जन्मदिन मनाउनुपर्छ भनेर सर्वप्रथम आवाज उठाएका थिए । सन् ३२५ को डिसम्बर २५मा रोमी सम्राट कन्स्टन्टाइनले ख्रीष्टमस मनाउनुपर्छ भनि आरम्भ गरेका थिए । उनी रोमी सम्राटहरुमा पहिलो ख्रीष्टियन थिए । सन् ३५४ को डिसम्बर २५ मा रोमको विशप लाइबेरियसले ख्रीष्टको जन्म दिन मनाउनु पर्ने व्यवस्था बनाएका थिए । १२ औ शताब्दीमा आइपुग्दा ख्रीष्टमस युरोपमा सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व भएको थियो । सुधारवादी यूगसम्म ख्रीष्टमसको लोकप्रियता ज्यादै बढ्यो। २०औ शताब्दीको मध्यदेखि झण्डै विश्वव्यापी रुपमा करोडौँ ख्रीष्टियनहरुको लागि ख्रीष्टमस सबैभन्दा खुशीको क्षण र व्यस्त समय बन्न पगेको छ ।

ख्रीष्टमस के हो ?

ख्रीष्ट भनेको ग्रीक शब्द हो, जसको अर्थ अभिषेक गरिएको हो । मस, को अर्थ प्रार्थनाको बिधि भन्ने हुन्छ । यी ख्रीष्ट र मस दुई मिलेर ख्रीष्टमस हुन आएको छ । येशू ख्रीष्ट हरेक मानिसहरुको पापबाट मुक्त गर्नको निम्ति परमेश्वरद्वारा प्रार्थना गरेर अभिषेक गरिएको वा संसारको निम्ति अलग ९छुट्याइएको० गरिएको भन्ने बुझिन्छ ।

१. सर्वशक्तिमान परमेश्वरको महान योजनामा संसारको सम्पूर्ण पापी मानिसहरुलाई पापबाट मुक्त गरी अनन्त जीवन दिइएर महान अनुग्रह गर्नुभयो, त्यो अनुग्रहलाई हृदयमा महशुस गरी स्वीकार्नु नै ख्रीष्टमस हो ।

२. यस धरतीमा मानवरुपमा जन्मनु भएको ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रुपमा स्वीकानु नै ख्रीष्टमस हो ।

३. “उहाँमा विश्वास गर्ने विश्वासीहरुले पुरानो स्वभावमा भएका रिस, क्रोध, डाह, निन्दा, अपवित्रता र अधार्मिकतालाई त्यागेर नयाँ जीवन धारण गर्नु नै ख्रीष्टमस हो, कलस्सी ३ः८–१२ ।”

४. व्यवहारिक जीवनमा येशू ख्रीष्टलाई धारण गरी शान्ति, आनन्द र रमाहटका साथ परमेश्वरलाई आराधना चढाउनु नै ख्रीष्टमस हो ।

५. मण्डलीका सबै विश्वासीहरुसँग ख्रीष्टिय प्रेम, एकता, भाइचारा, सहानुभूति, आदर र शिष्टतामा रहेर बचनको आदनप्रदान, प्रर्थना र पवित्र संगतिको सहभागिता नै ख्रीष्टमस हो ।
६. येशू ख्रीष्टमा आस्था राख्ने नयाँ जीवन पाएका विश्वासीहरुको निम्ति शान्ति र आनन्दको उत्सव हो, परमेश्वरलाई धन्यवाद र प्रसंशा दिनु नै ख्रीष्टमस हो ।

प्रभु येशूको जन्मको उद्देश्य

येशूको जन्मको उद्देश्यलाई हामीले विभिन्न दृष्टिकोणले हेर्न सक्छौँ । तर किनभने यस योजनाको योजनाकार परमेश्वर स्वयम् नै हुनुहुन्छ । उहाँको वचन अर्थात बाइबल धर्मशास्त्रमा उल्लेखित छ । स्वर्गदूतले तिनीहरूलाई भने, ‘‘नडराउ किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ । आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । तिमीहरूलाई चिन्हचाहिँ यो हुनेछ । तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँडमा सुताइराखेको भेट्टाउनेछौँ ।”
तब एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो । परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति” लुका २ः१०–१४ ।
बालकको रूपमा येशूको जन्म हुँदा स्वर्गदूतहरूको सक्रियतामा निकै वृद्धि भएको देखिन्छ र माथि उल्लेखित पदहरूमा परमेश्वरले गोठालाहरूलाई येशूको जन्मको उद्देश्यसहितको समाचार सुनाउन स्वर्गदूतहरुलाई पठाउनु भएको थियो ।

हामी निम्नलेखित विशेष कुराहरू ः
१. सारा मानव जातिको मुक्तिदाताको रूपमा येशू ख्रीष्टको जन्म भएको ।
२. स्वर्गमा परमेश्वरको महिमा ।
३. पृथ्वीमा रहेका व्यक्तिहरूले येशूमा विश्वास गर्नेछन्, परमेश्वरसँग मिलापमा ( शान्ति) आउनेछन् ।

१. सारा मानव जातिको मुक्तिदाताको रूपमा येशू ख्रीष्टको जन्म भएको ।

मुक्ति भनेको के हो ? यसको अर्थलाई बुझ्यौँ भने मुक्तिदाताको महत्व बुझ्न पनि सजिलो हुन्छ । सृष्टिको सुरुमा नै आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लंघन गरे पश्चात पाप गरे र मृत्युको कब्जामा परे । यसको फलस्वरूप सम्पूर्ण मानव जातिमा पाप र मृत्यु व्याप्त भयो । रोमी ५ः१२ मा उल्लेख गरिए अनुसार, ‘‘एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु ।’’ यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो”। हामीले पाप गरेको कारण पापी ठहर्याइएका होइनौँ तर पापी स्वभाव भएको कारण पाप गर्न बाध्य हुन्छौँ । परमेश्वरको इच्छा सम्पूर्ण मानव जातिले प्रभु येशूमा विश्वास गरेर हामीले गरेका पापहरूबाट क्षमा पाउनु र पाप स्वभावबाट पनि मुक्त हुन सकौं । यसैले प्रभु येशू यस संसारमा उद्धारकर्ता वा मुक्तिदाताको रूपमा आउनु भएको हो । जस्तो कि बाइबल धर्मशास्त्रमा लेखिएको छ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो, रोमी ५ः८ । पापको कारणले परमेश्वरबाट टाढिएको मानव जाति प्रभु येशूको जन्म र मृत्युको कारण परमेश्वरसित मिलापमा आउन सम्भव भएको छ । सारा मानव जातिको मुक्तिदाताको रूपमा येशू ख्रीष्टको जन्म भएको हो । मानव जातिको लागि यही आनन्दको सुसमाचार लिएर स्वर्गदूतहरू आएका थिए ।

२. स्वर्गमा परमेश्वरको महिमा ।
सृष्टिको सुरुमा नै मुख्य योजना मानिसको लागि परमेश्वरको थियो । मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔँ। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । उत्पत्ति १ ः२६–२७ ।
किनभने परमेश्वरले दिनु भएका आज्ञाहरू तोडेर मानिसलाई पाप र मृत्युको अधिनतामा ल्याउन शैतानले छल गरेको छ । पापको कारण मानवजाति र परमेश्वरको बीचमा भय र अविश्वासको अगाध खाडल भयो । तर परमेश्वर अद्धितिय परमेश्वर हुनुहुन्छ जो सुरुबाट नै अन्तसम्म हेर्न सक्नु हुन्छ र उहाँको सिद्ध योजना उहाँलाई नै थाहा छ । तर शैतान र मानिसलाई थाहाछैन । परमेश्वर पवित्र हुनुहुन्छ र मानिसलाई पनि पवित्र पार्न उहाँको इच्छा हो । पवित्रता भनेको यस्तो अवस्था हो जहाँ पापको अस्तित्व हुँदैन, र हामी सबैलाई उहाँले पापरहित बनाउने इच्छा गर्नु भएको छ । र परमेश्वर सिद्ध पनि हुनुहुन्छ, सिद्धता भनेको पवित्रता भन्दा पनि माथिल्लो अवस्था हो । परमेश्वरको इच्छा हामी पवित्र मात्र हैन तर सिद्ध पनि हौँ भन्ने हो।
प्रभु येशूको जन्म र क्रूसको मृत्युको कारणले मानिसको लागि पापको क्षमा र पाप स्वभाव निर्मूल पार्न सम्भव भएको छ । प्रभु येशूको जन्मले स्वर्गमा परमेश्वरको इच्छा पूर्ण भए जस्तै यस पृथ्वीमा पनि उहाँको इच्छा पूर्ण हुने सम्भव भएकोले परमेश्वरको महिमा भएको छ ।

३. पृथ्वीमा रहेका मानवजातिहरूले येशूमा विश्वास गर्नेछन्, परमेश्वरसँग मिलापमा ( शान्ति) आउनेछन् ।

‘‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्, यूहन्ना ३ः१६ ।” यहाँ उल्लेख अनुसार– मानव जातिको लागि गरेको परमेश्वरको प्रेम र त्यसको फलस्वरुप येशूलाई संसारमा वलिदान हुनका लागि दिइएको कुरा उल्लेख छ । उहाँको उद्देश्य के छ भने, येशूमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् अर्थात नर्क जान नपरोस् तर अनन्त जीवन पाओस् । नर्क जानु भनेको परमेश्वरदेखि टाढा जानु वा नाश हुनु हो । अनन्त जीवन पाउनु भनेको मृत्युमाथि विजय पाउनु हो र सधै भरिको लागि परमेश्वरको उपस्थितिमा वा स्वर्गमा बस्नु हो । यसले नै परमेश्वरँंग मिलाप ल्याउदछ । परमेश्वरले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो, २कोरिन्थी ५ः१८ । यसैले सृष्टिको सुरुमा पहिलो मानिस आदमद्वारा भएको पाप र त्यसको फलस्वरुप व्याप्त भएको मृत्यु र अगाध खाडल येशूद्वारा नष्ट गरी पापको क्षमा, पाप स्वभावलाई निर्मूल गर्न र परमेश्वरसित मिलाप र शान्ति सम्भव भएको छ ।

ख्रीष्टमसको महत्व ः

आज विश्वका ईसाइहरुले ख्रीष्टमसलाई महत्वपूर्ण पर्वको रुपमा मनाउदै आइरहेको पाइन्छ । ख्रीष्टमसलाई शान्तिको सन्देश बोकेको पर्वको रुपमा २५ डिसम्बरमा धुमधामसँग मनाउदँै आइरहेको छ । त्यसैले ख्रीष्टमस येशू ख्रीष्टमा विश्वास गर्ने पापको क्षमा र मुक्तिको निश्चयता पाएका विश्वासीहरुको निम्ति अत्यन्तै महत्वपूर्ण छ । यो ख्रीष्टमस येशू ख्रीष्टमा विश्वासीहरुसँग जोडिएको कारण यो ख्रीष्टमसलाई आत्मिक रुपले मनाउनु जरुरी छ । तर मनोरञ्जनको रुपमा मनाउनु गलत हो । मनोरञ्जनको निम्ति धेरै रुपैया खर्च गरेर विकृति फैलाउनु उचित हुदैन । ख्रीष्टमसको महत्वलाई बुझेर पवित्रता, धार्मिकता र सत्यतामा मनाउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button