तिमी भन्छ्यौ अहिले !


कसैका लागि धेरै अप्रिय हुँदा
कसैको अति प्रिय पनि भएँ होला
कसैले धारे हात लगाउँदै गर्दा
कसैको आर्शीवाद पनि पाएँ होला
जिन्दगीलाई यसो संझेर
गोडमेल गर्दै , नियाल्दै अनि केलाउँदै जाँदा
कहिले त्रासमा पिएँ होला, कहिले आशमा पिएँ होला
कहिले तिम्रो कारण पिएँ होला, कहिले बिनाकारण नै पिएँ होला
आज मात्र तिमीले प्रश्न गर्यौ, किन यति धेरै पिएको भनेर ?
धेरै पटक पिएपछिको यो त सानो घुड्की हो
यति पिएँ, यति पिएँ तर कहिल्यै धित् मरेन प्रिय
कहिले अप्रिय लागेर पिएँ अनि कहिले प्रिय लागेर पिएँ
कहिले प्रेमले पिएँ होला अनि कहिले घृणाले पनि
कहिले मन लागेर पिएँ, कहिले मनले नमानेर पनि
पिउन चाँही छाड्नि मैले
यति सम्म पिएँ, यति सम्म पिएँ
पिएकै पत्तो हुदैन थियो तर , पिउन छाडिन प्रिय
जब आँखाका नानीहरु पनि बिना आँशु सुकि सकेका थिए
कठोर र निष्ठुरीे चट्टान जस्तै आँखा बनेका थिए
अनि पो मैले थाहा पाएँ त जिन्दगीमा आँशुको पनि नशा हुदो रहेछ
आँशुले पनि पो मात लाग्दो रहेछ भनेर
समुच्च जिन्दगीनै पठ्यार लाग्दो रहेछ
आशा र अभिलाषा पनि लखतरान पर्रदा रहेछन्
कसैले प्यालामा दिनै नपर्ने
कति पिउने कुनै ठेगान नै नहुने
जति पनि पिउनु पर्ने
आफै तपतप झरिदिने
पिएको थाहा नपाई , जिन्दगीलाई नै जलाईदिने
जिन्दगीलाई नै बगाईदिने
अहिले आएर पो तिमी भन्छ्यौ
किन यति धेरै पिएको भनेर?
जब आगो स्वयम्ले बनमा डढेलो लगाउँछ
त्यही आगो भन्छ‘ जल्दा त पोल्छ पनि होला है भनेर’
त्यही यमराज भन्छ ‘ मृत्युमा शोक र रोदन पनि हुन्छ होला है भनेर’
तर, मलाई यति चाँही थाहा छ
म पिउने मान्छे होइन
पिउनु हुन्न भन्ने मान्छे म
म ,आफैै बगेको होइन, कसैले बगायो
म, आफै जलेको होइन, कसैले जलायो
आफै हारेको होइन कसैले हरायो
म, आफै मर्ने मान्छे होइन, कसैले मर्ने बनायो
अनि , काल आफै प्रश्न गर्छ‘ तिम्रो नजिक म आउँदा डर पनि लाग्छ होला है भनेर’
अनि मृत्युले रमाईलो मान्दै भन्छ—‘मर्नु पर्दा असहज लाग्छ होला है’ भनेर
धन्यवाद ।

50% LikesVS
50% Dislikes