खबर

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता घोषणा

तस्बिर: दिपेश श्रेष्ठ/नागरिक
दिपेश श्रेष्ठ
काठमाडौँ
१३ पुस २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बीच एकता भएको छ।

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस) सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)ले मंगलबार एकता घोषणा गरेका हुन्।

तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेको बताए। राष्ट्रिय सभा गृहमा पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिती थियो। nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button