
पुस १४, २०७८
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस युवा फरवार्ड फेरान टोरेस क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् ।
बार्सिलोनाले जनवरी ट्रान्सफरमा २१ टोेरेसलाई ५५ मिलियन पाउन्डमा ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२७ को समर ट्रान्सफरसम्म बार्सिलोनामा रहनेछ ।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र प्रशिक्षक जाभी हर्नान्डेजले आर्थिक कठिनाइको बावजुत टोलीको आक्रमणलाई बलियो बनाउन टोरेसलाई क्लबमा अनुबन्ध गरेको हो । फरवार्ड सर्जियो अगुएरोले मुटुको समस्याका कारण सन्यास लिन नै टोरेसको लागि बार्सिलोना आउने ढोका खुल्ला भयो । अब उनी छिट्टै नै टोलीको प्रशिक्षणमा सामेल हुनेछन् ।
स्पेनिस क्लब भ्यालेन्सियाबाट सन् २०२० मा सिटी पुगेका २१ वर्षीय टोरेसको सिटीसँग सन् २०२५ सम्म सम्झौता रहेको थियो । उनले उक्त सम्झौता तोड्दै बार्सिलोना जाने निर्णय गरेको हो । टोरेसले सिटीका लागि ४३ खेलमा १६ गोल गरेका छ । स्पेनको सिनियर टोलीबाट पनि खेलिसकेका टोरेसले २२ खेलमा १२ गोल गरिसकेका छन् ।hamrokhelkud/from



