
पुस १५, २०७८
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा लन्डन क्लब चेल्सी घरेलु मैदानमा ब्राइटनसँग रोकिएको छ । चेल्सीले ब्राइटनसँग १–१ गोलको बराबरी खेलेको हो ।
स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीका रोमेलु लुकाकुले गोल गर्दा ब्राइटनका ड्यानी वेलवेकले गोल फर्काए । खेलको २८औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले मासन माउन्टको पासलाई हेडमार्फतत गोल गरेका थिए ।
जिततर्फ अग्रसर चेल्सी अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ड्यानी वेलवेकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाउँदै अंक खोस्न सफल भए ।
यो बराबरीपछि दोस्रो स्थानमा उक्लिएको चेल्सीको २० खेलबाट ४२ अंक पुगेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ८ अंकले पछि पर्दा एक खेल कम खेलेको लिभरपुलभन्दा १ अंकले अघि छ । ब्राइटन १८ खेलबाट २४ अंक जोडेर १०औं स्थानमा छ ।hamrokhelkud/from



