खेलकुद

वृद्ध भत्ताको रकम सहयाेग गरेकी ९१ वर्षीय हरिमाया भनिन्छन् – रङ्गशाला बन्छ वा बन्दैन ?

काठमाडौं
गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन ?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपियाँ रङ्गशाला निर्माण गर्न दिएकी थिइन् । उनको आम्दानी भनेकै सरकारले उपलब्ध गराउने गरेको वृद्ध भत्ता हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रङ्गशालाको निर्माण कार्य अन्योलमा परेपछि हरिमायाले दुःख व्यक्त गरिन्, “औषधिको पैसा कटाएर सहयोग गरेको हुँ । रङ्गशाला बनिदिए हुन्थ्यो ।” कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले जनस्तरमै आह्वान गरेपछि देश तथा विदेशका हजारौँले आर्थिक सहयोग गरे तर रङ्गाशाला निर्माणमा फाउन्डेसनले हात झिकेपछि दाताहरू चिन्तित बनेका छन् ।

रङ्गशाला निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित श्रीमद्भागवत् तथा धनधान्याचल महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले महायज्ञमा ६९ करोड रुपियाँ उपलब्ध गराउने कबोल गरेको मध्ये २१ करोड रुपियाँ सङ्कलन भएको बताए । उनले भने, “धुर्मुस सुन्तलीलाई विश्वास गरेर नै त्यत्रो रकम उठाएर सहयोग गरियो । तर अहिले निर्माण कार्य अलपत्र पारेर हिँड्नुभयो । फाउन्डेसनका पदाधिकारीको महìवकाङ्क्षाले निर्माण कार्य रोकियो ।”

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मस) ले कोरोना कहरका कारण आफूले रङ्गशाला निर्माणको काम पूरा गर्न नसकेको तर्क गर्दै भने, “देशको विषम परिस्थितिका कारण जनताबाट रकम उठाएर निर्माण कार्य सम्पन्न गर्न नसकिने अवस्था आएपछि सरकारसँग सहयोगका लागि आग्रह गरेका छौँ ।” फाउन्डेसनले भरतपुर महानगरपालिकालाई पत्र लेखी बाँकी रहेको निर्माणको जिम्मा लिन अनुरोध गरेको छ । फाउन्डेसनले अहिलेसम्म ५६ करोड ५० लाख रुपियाँ खर्च भइसकेको र त्यसमध्ये ३९ करोड ५० लाख रुपियाँ सहयोग सङ्कलन भएको तथा बाँकी १७ करोड रुपियाँ ऋण रहेको दाबी गरेको छ । गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button